१५ श्रावण २०८३, शुक्रबार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता : सबै पक्षलाई साथमा लिएर स्थिति साम्य पार्न राष्ट्रपतिको आग्रह


राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ ।

हिजो राष्ट्रको नाममा सम्वोधन गरेपछि राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शाह शितल निवास पुग्नुभएको थियो । भेटमा राष्ट्रपतिले सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थिति साम्य पार्न एवं सद्भाव कायम गर्न सुझाव दिनुभएको छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसँग देशका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराउनुभएको थियो । यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री शाहबीच पनि हिजै टेलिफोन वार्ता भएको छ

ताजा समाचार