५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026

गगन थापा: गणेशमान सिंहको त्याग, साहस र लोकतान्त्रिक आदर्श संगठन र व्यवहारमा पुनः स्थापित गरौं


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लौहपुरुष गणेशमान सिंहले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुन: स्थापित गर्नुपर्ने बताएका छन् । उनले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।

गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले सो कुरा उल्लेख गरेका हुन् ।

कांग्रेस अहिले १५औँ महाधिवेशनको यात्रामा रहेको उल्लेख गर्दै उनले महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने अवसरका रूपमा मात्र नहेरी गणेशमान सिंहजस्ता अग्रज नेताले देखाएको लोकतान्त्रिक आदर्शलाई व्यवहारमा उतार्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

‘हामी १५औँ महाधिवेशनको यात्रामा छौं । यो केवल नेतृत्व चयन गर्ने अवसर होइन, गणेशमान सिंहजस्ता अग्रजहरूले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई संगठन र व्यवहारमा पुन: स्थापित गर्ने अवसर पनि हो,’ थापाले लेखेका छन् ।