७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026

ट्रम्पको विशेष रात्रिभोजमा सहभागी भए परराष्ट्रमन्त्री शिशिर खनाल


न्युयोर्क- परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा आयोजना गरेको विशेष रात्रिभोजमा सहभागी भएका छन्।

महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत आयोजित कार्यक्रममा विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नेपालका तर्फबाट मन्त्री खनाल पनि उक्त कार्यक्रममा सहभागी भएका हुन्।

महासभाका क्रममा मन्त्री खनालले विभिन्न देशका विदेशमन्त्री तथा उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपालमा हालै भएका बाढी–पहिरोबाट भएको क्षति, जलवायु न्याय तथा पुनःस्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगलगायत विषयमा छलफल गरिरहेका छन्।