काठमाडौं – इन्द्रजात्राको अवसरमा बुधबार काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा विभिन्न परम्परागत नाच प्रदर्शन गरिएको छ। जात्राका क्रममा लाखे नाच, पुलुकिसी नाच तथा हल्चोक आकाश भैरवको नाच प्रस्तुत गरिएको हो। यी सांस्कृतिक नाचले वसन्तपुर क्षेत्रलाई थप उल्लासमय बनाएको थियो।