=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
काभ्रेपलाञ्चोक – रोशी गाउँपालिका–७ कटुन्जेदेखि थानसिंहतर्फ जाने भित्री सडकअन्तर्गत खरिबोटमा यात्रुबाहक बस खोला तर्ने क्रममा बीचमै रोकिएको छ।
बिहीबार बिहान करिब ९:५० बजे बस खोला तर्न नसकी रोकिएको जानकारी पाएपछि विपद् व्यवस्थापन बेस भकुण्डेबेँसीबाट १० जनाको टोली घटनास्थलतर्फ खटिएको थियो। उद्धार टोलीले बसमा रहेका यात्रुलाई सुरक्षित स्थानमा सारेको जनाइएको छ। घटनामा मानवीय क्षति भए/नभएको तथा बसलाई खोलाबाट निकाल्नेबारे थप विवरण आउन बाँकी छ।