=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

कबड्डीमा नेपालले मलेसियालाई ७३–५२ ले हरायो


नागोया, जापान –२०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा नेपालले पहिलो जित निकालेको छ। नेपालले बिहीबार मलेसियालाई ७३–५२ ले पराजित गरेको हो।

तोकाई सिटिजन जिम्नाजियममा नेपालले पहिलो हाफमै ३७–२१ को अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि नेपालले ३६ अंक जोड्दै जित सुनिश्चित गर्‍यो।

यसअघि नेपाल थाइल्यान्ड, पाकिस्तान र इरानसँग पराजित भएको थियो। दुवै टोली यसअघि नै सेमिफाइनल दौडबाट बाहिरिसकेका थिए।