=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
नेकपा एमाले गण्डकीको अधिवेशनमा आज चार बजेपछि नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढ्ने भएको छ । हिजाे दिउँसो उद्घाटनपछि पाेखरा सभागृहमा अधिवेशनको बन्द सत्र चलेको थियो ।
अधिवेशनमा अध्यक्ष नवराज शर्माले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथि दिनभरि आठवटा समूह बनाएर समूहगत छलफल गर्ने, महासचिवको सम्बोधन सुन्ने र ४ बजेपछि चुनावी प्रक्रिया अघि बढाउने तयारी रहेको एमाले प्रदेश उपसचिव एवम् प्रचार विभाग प्रमुख रश्मी आचार्यले जानकारी दिनुभयाे । आज उम्मेदवार दर्ता गर्ने, मतदाता नामावली प्रकाशन गर्ने र बुधवार चुनाव गर्ने तयारी रहेको आचार्यले बताउनु भयाे ।
गण्डकी अध्यक्षका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको तर्फबाट अहिलेका अध्यक्ष नवराज शर्मा र महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य खगराज अधिकारीको समूहबाट केन्द्रीय सदस्य मायानाथ अधिकारी अध्यक्षका उम्मेदवार बन्ने चर्चा छ । गण्डकीमा ११ जिल्ला र जनसङ्गठनबाट ९ सय ७ जना प्रतिनिधि छन् उनीहरुले १ सय ६५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछन् ।