१७ बैशाख २०८३, बिहीबार
   Turuntai Reporter

आज तीजको दर खाने दिन

३१ भाद्र २०८०, आईतवार ०३:५४

आज तीजको दर खाने दिन । दरखाने दिनसँगै तीज पर्व शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । भोलि व्रत बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि...

कर्णाली प्रदेश सरकारले किसानलाई १७ प्रकारका अनुदान दिने

३१ भाद्र २०८०, आईतवार ०३:५३

कर्णाली प्रदेश सरकारले किसान प्रोत्साहन गर्नका लागि यो वर्ष १७ प्रकारका अनुदान दिने भएको छ । कर्णाली प्रदेशले चालु आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अन्तर्गत १७ प्रकारका अनुदान दिन लागेको हो । अनुदानका पाउनका लागि कृषि व्यवसायमा लागेका समूह, कृषि सहकारी,...

डाक्टर कुट्नेमाथि अनुसन्धान गर्न ३ दिनकाे म्याद थप

३० भाद्र २०८०, शनिबार ०३:५५

हेटौँडामा रहेको सञ्चो अस्पतालका डाक्टरमाथि अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनामाथि जिल्ला अदालतबाट अनुसन्धान गर्न आज शुक्रवार तीन दिनको म्याद थप गरिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा राखी अनुसन्धान गरिने छ । जिल्ला...

पेट्रोल, डिजलको भाउ बढ्यो

३० भाद्र २०८०, शनिबार ०३:५४

नेपाल आयल निमगले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले आज शुक्रवार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । मूल्य समायोजनसँगै काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर...

काठमाण्डौको गैह्रीगाउँमा एकैपरिवारका तीनसहित चार जनाको शव फेला : हत्या गरेको आशङ्कामा अनुसन्धान चल्दै

३० भाद्र २०८०, शनिबार ०३:५३

काठमाण्डौको तीनकुने गैह्रीगाउँमा चार जनाको शव फेला परेको छ । दिव्य फर्निचर मिलभित्र एकै परिवारका तीनसहित चार जनाको शव भेटिएको हो । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा चार वटा...

ad समाज सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा : दिउँसो लुम्बिनी आसपासका क्षेत्रमा हावाहुरीको सम्भावना

३० भाद्र २०८०, शनिबार ०३:५२

सुदूरपश्चिम प्रदेशलगायत कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको मौसम अहिले आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिमका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभरकै मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

भारतीय दूतावासद्वारा सम्भोता-भोटी लिपिसम्बन्धी चित्रकला प्रदर्शनी

२९ भाद्र २०८०, शुक्रबार २०:२८

काठमाडौँ । भारतीय राजदूतावास काठमाडौँ, बीपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासङ्घले संयुक्तरूपमा नेपाल कला परिषद्, बबरमहल, काठमाडौँमा आज सम्भोता-भोटी लिपिसम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारी, नेपाल...

एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानलाई हराउँदै श्रीलङ्का फाइनलमा

२९ भाद्र २०८०, शुक्रबार ०४:३६

घरेलु टोली श्रीलङ्काले एसिया कपको सुपर फोर खेलमा पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जितका साथ फाइनलमा स्थान बनाएको छ । श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा श्रीलङ्का डकवर्थ लुइस पद्धतिअनुसार २ विकेटले विजयी भएको हो । पाकिस्तानले दिएको २...

लिबियामा डानिएल आँधीपछि ठूलो बाढी : नेपाली शान्ति सैनिक सबै सुरक्षित

२९ भाद्र २०८०, शुक्रबार ०४:३४

लिबियामा डानिएल आँधीपछि बाढीमा आउँदा पाँच हजार तीन सय जनाभन्दा बढी मानिसको ज्यान गएकाे छ । कम्तीमा १० हजार जना बाढीमा बेपत्ता भएका छन् भने अन्य दशौँ हजार मानिस विस्थापित भएका छन्। संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिबियामा तैनाथ सबै दुई सय ३५ जना नेपाली शान्ति...