१२ श्रावण २०८३, मंगलवार
   Turuntai Reporter

नेपालको महिला क्रिकेट टोलीले आज थाईल्यान्डसँग अभ्यास खेल खेल्दै ।

११ भाद्र २०८०, सोमबार ०२:२६

नेपाली महिला क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा आज थाईल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे मलेसियामा शुरु हुँदैछ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अघि नेपालले अन्तिम तयारी खेल खेल्न लागेको हो । यसअघि...

देशभरको मौसम सुधार, पर्सिसम्म ठूलो पानी नपर्ने, बिस्तारै तापक्रम बढ्ने ।

११ भाद्र २०८०, सोमबार ०२:२४

देशभरको मौसममा सुधार भएको छ । अहिले बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । हिजो पनि काठमाण्डौमा घाम लागेको थियो । भदौ पहिलो हप्तादेखि देशका धेरै ठाउँमा परेको झरी कम भएसँगै हिजोदेखि नै मौसममा सुधार हुन थालेको...

उसिना चामल निर्यातमा भारतको कडाइ, २० प्रतिशत कर ।

११ भाद्र २०८०, सोमबार ०२:१८

चामल र प्याज निर्यातमा कडाइ गरेको भारतले उसिना चामल निर्यातमा पनि कडाइ गरेको छ । दशैँ नजिकिँदै गर्दा भारतले उसिना चामलमा २० प्रतिशत निर्यात कर लगाएको छ । भारतीय बजारमा चामलको मूल्य बढेपछि निर्यात निरुत्साहनस्वरुप भारतले उसिना चामलमा २० प्रतिशत...

एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ ।

११ भाद्र २०८०, सोमबार ०२:१७

एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रौतहटको राजदेवी घर भइ अहिले काठमाण्डौको ताहाचल बस्ने ३२ वर्षीय दीपक मण्डल, भारत बिहार घर भइ ताहाचल बस्ने २८ वर्षीय...

बाल सुधार गृह प्रकरण स् मृतकका परिवारसँग सहमति, ५७ जना उपत्यका बाहिर स्थानान्तरण ।

११ भाद्र २०८०, सोमबार ०२:१५

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीको बाल सुधार गृहमा रहेका एक युवकको ज्यान गएको घटनामा मृतकका परिवारसँग सहमति भएको छ । गएको तीन गते ज्यान गएको घटनामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहमति भएको हो । रामेछापको मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल...

आफैमाथि मट्टीतेल छर्केकी दार्चुलाकी सुनाको मृत्यु ।

११ भाद्र २०८०, सोमबार ०२:१३

दार्चुलामा मट्टीतेल छर्केर आगो लगाएकी सुनाको मृत्यु भएको छ। प्रहरीका अनुसार धनगढी ल्याउने क्रममा शैल्यशिखर नगरपालिका–५ सेतकलाकी करिब ४५ वर्षीया सुना साउँदको मृत्यु भएको हो। गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि सुनालाई थप उपचारका लागि धनगढी ल्याइदै थियो। तर, बैतडीको पाटन पुग्ने...

स्वदेशी फूलले बजारको माग धान्नै मुस्किल ।

११ भाद्र २०८०, सोमबार ०२:०६

लगानी अभावका कारण बजारको मागअनुसार स्वदेशी फूल उत्पादन हुन सकेको छैन। स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेपछि आयात गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ । हरेक वर्ष माग १५ देखि २० प्रतिशतसम्म बढ्दै गएको छ तर उत्पादन भने बढीमा १० प्रतिशतले...

कमला नदीमा बाढीको जोखिम स् सतर्कता अपनाउन आग्रह ।

११ भाद्र २०८०, सोमबार ०१:५८

उदयपुरको कमला नदीमा बाढीको जोखिम छ । कमला नदीको बेलसोत केन्द्रमा बाढीले सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कमला नदी सिन्धुलीबाट उदयपुर, सिरहा र धनुषाको सिमाना हुँदै बग्छ । कमला नदीको तटीय...

प्रतिनिधि सभाका समितिले आज पूर्णता पाउँदै, नौवटामा एकल र एउटामा दुई जनाको उम्मेदवारी ।

११ भाद्र २०८०, सोमबार ०१:५६

प्रतिनिधि सभाअन्तर्गतका १० वटा विषयगत समितिले आज पूर्णता पाउने भएका छन् । हिजो समितिका सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता भएको छ । आज सम्बन्धित समितिमा ती प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछन् । सङ्घीय संसद् सचिवालयका अनुसार नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी...