२ पुष २०८२, बुधबार
   Turuntai Reporter

टी-२० सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

१६ फाल्गुन २०८०, बुधबार ०३:३९

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत आज दोस्रो खेलमा नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको...

नेपालमा हुने भ्रष्टाचारको मोलमोलाइ विदेशमा हुन थाल्याे, सूचना पाउनै मुस्किल : अख्तियार प्रमुख राई

१६ फाल्गुन २०८०, बुधबार ०२:५५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालभित्रको भ्रष्टाचारको कारोबार विदेशमा हुने गरेको बताउनुभएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त राईले नेपालमा हुने भ्रष्टाचारको मोलमोलाइ विदेशमा हुने गरेको र त्यस्तो कारोबारको सूचना पाउन धेरै मुस्किल भएको...

भरतपुर भ्रमण वर्षकाे तयारी अन्तिम चरणमा, प्रधानमन्त्रीले नारायणी नदी किनारमा उद्घाटन गर्ने

१६ फाल्गुन २०८०, बुधबार ०२:५३

भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा पुगेको छ । आउँदो शुक्रबार नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको महानगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । भरतपुर भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...

जापानले चन्द्रमामा पठाएको ल्यान्डर झन्डै २ हप्तापछि पुनः जाग्यो

१६ फाल्गुन २०८०, बुधबार ०२:५२

जापानले चन्द्रमामा अवतरण गराएको अन्तरिक्ष यानको ल्यान्डर चन्द्रमाको रात सकिएपछि पुनः जागेको छ । ऊर्जा प्रणालीमा समस्या आएकोले रात परेपछि काम नगर्ने सम्भावना रहेकोमा रात सकिएपछि पुनः सक्रिय भएको जापानी अन्तरिक्ष निकाय (जाक्सा) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।...

बानेश्वरसहित केही ठाउँमा नागरिकलाई हिँड्नसमेत रोक, सरकारको सर्वत्र आलोचना

१६ फाल्गुन २०८०, बुधबार ०२:५१

चार महिनादेखि देशको राजधानी शहर काठमाण्डौका मुख्य केन्द्रलाई निषेधित क्षेत्र तोकेको सरकारले हिजोदेखि नयाँ बानेश्वरसहितका ठाउँमा फुटपाथमा हिँड्नसमेत रोक लगाएको छ । ती क्षेत्रमा पर्खालमा निषेधित क्षेत्र र प्रवेश निषेध लेखिएका फ्लेक्स, ब्यानर र पोस्टर टाँसिएका छन्। प्रहरी परिचालन गरेर...

दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

१५ फाल्गुन २०८०, मंगलवार ०४:४८

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिनुभएको छ । उहाँले हिजो बेलुका अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा...

आज ४२ औँ मगर एकता दिवस मनाइँदै

१५ फाल्गुन २०८०, मंगलवार ०४:४७

आज ४२औँ मगर एकता दिवस मनाइँदैछ। देशैभरका मगर समुदायले राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन्।२०३९ साल फागुन १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन भएको थियो।त्यसैको सम्झनामा मगर सङ्घ र सम्बन्धित...

पाकिस्तानले पायाे पहिलाे महिला मुख्यमन्त्री, पन्जाबमा नवाज शरीफकी छाेरी मरियम निर्वाचित

१५ फाल्गुन २०८०, मंगलवार ०३:०१

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाज पन्जाबको मुख्यमन्त्रीमा निर्वाचित हुनुभएको छ । ५० वर्षकी मरियम नवाज पाकिस्तानकै पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । पूर्वप्रधानमन्त्री इमरान खान समर्थित सुन्नी इत्तेहाद काउन्सिलका राना अयुबलाई हराउँदै मरियम नवाज मुख्यमन्त्री बन्नुभएको हो ।...

उज्बेकिस्तानमा खोकीको औषधि खाँदा बालबालिकको ज्यान गएको घटनामा २३ जनालाई जेल सजाय

१५ फाल्गुन २०८०, मंगलवार ०३:००

उज्बेकिस्तानको एक अदालतले दूषित कफ सिरप अर्थात् खोकीको औषधिबाट ६८ जना बालबालिकाको ज्यान गएको घटनामा २३ जनालाई जेल सजाय सुनाएको छ। उनीहरू कर छली, गुणस्तरहीन वा नक्कली औषधि बिक्री, कार्यालयको दुरुपयोग, लापरबाही, किर्ते र घुसको अभियोगमा दोषी ठहर भएका हुन् ।...