२३ फाल्गुन २०८१, शुक्रबार १४:२४
मन्त्रिपरिषद् बैठकले चार प्रमुख आधारमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोधेको छ । यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पटक–पटक स्पष्टीकरण सोधे पनि त्यसैका आधारमा मात्र घिसिङलाई पदमुक्त गर्न नसकिने देखिएपछि बुधबारको मन्त्रिपरिषद् बैठकले...
२३ फाल्गुन २०८१, शुक्रबार १२:४३
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजा फर्कनेमा आफूलाई विश्वास नभएको बताएका छन्। झापामा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले राजनीतिक दल र नेताहरूले राम्रो काम भने गर्दै जानुपर्ने बताए। ‘राजाको सन्दर्भ हरेक देशमा चलिरहेको हुन्छ, आज पनि तपाईं फ्रान्स जानुभयो भने...
२३ फाल्गुन २०८१, शुक्रबार ०६:०४
काठमाडौंको शंकरापुर नगरपालिका-६ साँखुको सलम्बुटार स्थित आश्रयस्थलमा टिपर अनियन्त्रित भएर छिर्दा तीन जनाको मृत्यु भएको छ। द्वन्द्व पीडित तथा अपांग समाज संस्थाले बनाएको जस्ताको टहरामा शुक्रबार बिहान ३:४० बजे बा २ क ६५८० टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको...
२२ फाल्गुन २०८१, बिहीबार १३:२९
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आज (बिहीबार)देखि आइपिओ बिक्री खुला भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको। कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३०...
२२ फाल्गुन २०८१, बिहीबार ०६:४६
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने भएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई तीनदिने स्पष्टीकरणे सोध्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसअघि ऊर्जा मन्त्रालयले पनि उनलाई स्पष्टीकरण सोधेको थियो। जवाफमा उनले उचित प्रतिवादको मौका...
२२ फाल्गुन २०८१, बिहीबार ०६:१६
दाङको एक घरबाट गहना र पैसा चोरी गर्ने, त्यो गहना बिक्री गर्ने र किन्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नौककी गीता पुन वलीको घरबाट फागुन १५ गते गहना र नगद चोरी भएको थियो। चोरीमा संलग्नसहितलाई...
२१ फाल्गुन २०८१, बुधबार ०८:२३
प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलका सांसदहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि पटक-पटक स्पष्टीकरण सोधिएको र कार्यसम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिइएकोबारे सरकारसँग जबाफ मागेका छन्। माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नाफामा गइरहेको...
२१ फाल्गुन २०८१, बुधबार ०६:१२
कलाकार सविन श्रेष्ठले ‘ए घरबेटी बा’ नामक वेब सिरिज लिएर आएका छन्। कमेडी जनरामा तयार पारिएको सिरिजको ट्रेलर सार्वजनिक भएको छ। दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गरेकी छन् भने सविन श्रेष्ठ नामक युटुव च्यानल मार्फत प्रसारण...
२१ फाल्गुन २०८१, बुधबार ०५:५४
वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ। गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैंडा, हात्ती र बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैंडाको आक्रमणबाट आठ जना, हात्ती...