२१ माघ २०८१, सोमबार ०२:४३
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको...
२० माघ २०८१, आईतवार १७:३९
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा उत्पादित सामग्रीमा थप आयात कर लगाउने घोषणा गरेपछि क्यानडा, मेक्सिको चीनले पनि त्यस्तै कर लगाउने लगाउने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले यसअघि क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १०...
२० माघ २०८१, आईतवार १७:२३
काठमाडौँ — अभिनेता राजबल्लभ कोइरालाको पहिलो कवितासंग्रह ‘औरा’ सार्वजनिक भएको छ । शनिबार लाजिम्पाटस्थित दुसित प्रिन्सेसमा अभिनेता कोइरालासहित कवि विप्लव प्रतीक, सञ्चारकर्मी दिलभुषण पाठक, निर्देशक दीपाश्री निरौला र पत्रकार अश्विनी कोइरालाले संयुक्त रुपमा कविता संग्रह ‘औरा’ सार्वजनिक गरे । संग्रहको नाम उनले छोरीको...
२० माघ २०८१, आईतवार १७:१६
गायक उदितनारायण झा यतिबेला विवादमा तानिएका छन् । मञ्चमा प्रस्तुति दिँदै गर्दा फोटो खिच्न आइपुगेकी महिला फ्यानको ओठमा चुम्बन गरिदिएको घटनाले अहिले उनी विवादमा तानिएका हुन् । शनिबार उदितले दुई महिला फ्यानलाई त्यसरी चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । त्यति मात्रै...
२० माघ २०८१, आईतवार १७:०४
काठमाडौं उपत्यका लगायत क्षेत्रमा आइतबार अपराह्नदेखि इन्टरनेट सेवा प्रभावित भएको छ । विभिन्न सेवा प्रदायकको इन्टरनेट कनेक्टिभिटीमा समस्या देखिएको हो । नेपाल टेलिकम, एनसेल, वर्ल्डलिंक, भायानेट, डिसहोम लगायत फाइबर इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको कनेक्टिभिटीमा इन्टरनेट नचल्ने, ढिलो हुने, बारम्बार ‘डिस्कनेक्ट’ हुने जस्ता...
२० माघ २०८१, आईतवार १४:२२
विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले योगेश भट्टराईहरू एमालेमा दास भएर बसेको आरोप लगाएका छन् । भट्टराईले प्रतिनिधिसभाको बैठकमा अध्यादेशबाटै जन्मेको पार्टीले अध्यादेशको विरोध गरेको नसुहाएको भन्दै एकीकृत समाजवादीप्रति कटाक्ष गरेका थिए । त्यसको जवाफ दिँदै...
२० माघ २०८१, आईतवार १४:११
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ दर्ता गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक...
२० माघ २०८१, आईतवार ०८:०७
अभिनेत्री अरुणिमा लम्सालको पनि पतिसँग सम्बन्ध राम्रो नरहेको चर्चा चल्न थालेको छ । उनले सामाजिक सञ्जालबाट पतिसँगको तस्बिर र भिडियोहरु हटाएसँगै सम्बन्ध राम्रो नरहेको चर्चा चल्न थालेको हो। गत भदौमा सुनसरीको चतारा स्थायी घर भएका युवराज श्रेष्ठसँग विवाह गरेकी लम्सालले...
२० माघ २०८१, आईतवार ०७:५८
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा यातायात बन्द गराउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक र सुनसरीको धरानबाट बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमकमा ३ जना बन्दकर्ता पक्राउ परेका छन् । बन्द गराउने क्रममा दमक...