१८ भाद्र २०८०, सोमबार ०३:४८
सिरियामा आर्थिक सङ्कटको सामना गरिरहेका सरकार नियन्त्रित क्षेत्रका झण्डै ४० लाख विद्यार्थी विद्यालय फर्किएका छन् । सिरियाको शिक्षा मन्त्रालयले विद्यार्थीका लागि विद्यालय पोसाकमा कडा नियम लागू नगर्न आग्रह गरेको त्यहाँको समाचार संस्था, सानाले जनाएको छ । सिरियामा झण्डै ३७ लाखभन्दा...
१८ भाद्र २०८०, सोमबार ०३:४६
भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोलेपछि महाकाली नदी किनारमा सतर्कता अपनाइएको छ । उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा बाँधकाे ढोका आज बिहान ५ बजे खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । बाँधका ढोका खोलेपछि महाकाली नदीमा जलस्तर बढेकाले...
१८ भाद्र २०८०, सोमबार ०३:४४
नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधाम भित्रका विद्यालयमा दिउँसो २ बजेदेखि बिदा दिइएको छ । जनकपुरधाम उपमहानगरपालिका कार्यालयले सूचना निकालेर दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको जनाएको छ । यसअघि गएको बुधवार १३ गते नेपाल...
१७ भाद्र २०८०, आईतवार ०२:५०
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ मा पर्ने पाँचकिलोमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जीपमा रहेका चार जना घाइते भएका छन् । गएराति दोलखाबाट सिन्धुपाल्चोकको खाडीचौरका लागि छुटेको बा १५ च ९३७० नम्बरको जीप लामोसाँघु जिरीखण्डको पाँचकिलोमा दुर्घटना भएको जिल्ला प्रहरी...
१६ भाद्र २०८०, शनिबार ११:२३
वर्षाले प्रभावित एसिया कप क्रिकेटमा अहिले भारत र पाकिस्तानबीचको खेल पुनः शुरु भएको छ । केही बेर यो खेल वर्षाले प्रभावित भएको थियो । श्रीलंकाको पाल्लिकेमा भारतले टस जितेर पहिला ब्याटिङ थालेको खेलमा चार ओभर २ बलमा १५ रन बनाएको...
१६ भाद्र २०८०, शनिबार ११:२१
काठमाण्डाै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताउनुभएको छ । शनिवार काठमाण्डौमा आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महानगरपालिकाले बाँकी कार्यकालमा के गर्ने भनेर सबै किसिमका योजना...
१६ भाद्र २०८०, शनिबार ०३:१३
दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खला अष्ट्रेलियाले जितेको छ । गएराति डरबानमा भएको दोस्रो खेल ८ विकेटले जितेसँगै एक खेल बाँकी छँदै अष्ट्रेलियाले शृङ्खला जितेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ६५ रनको लक्ष्य अष्ट्रेलियाले ३१ बल बाँकी छँदै जम्मा २ विकेट...
१६ भाद्र २०८०, शनिबार ०३:१२
सत्तारुढ नेकपा माओवादी केन्द्रले आजदेखि ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्दैछ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ९ बजे भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्ने माओवादीले जनाएको छ । त्यस्तै, प्रचण्ड दिउँसो काठमाण्डौको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ को भट्टेडाँडा पुगेर...
१६ भाद्र २०८०, शनिबार ०३:१०
गोरखा नगरपालिकाको खोलखोले कट्टेलचोक नजिकै सडकमा शङ्कास्पद वस्तु फेला परेकाे छ । आज बिहान झन्डै ५ बजे सडकमा शङ्कास्पद वस्तु देखिएपछि आबुखैरेनी–गोरखा सडक खण्डमा आवतजावत बन्द गरिएकाे एसपी अनुपम श्रेष्ठले बताउनुभयाे । सडकको बीचमा नयाँ प्रेसरकुकरमा तार जोडेर छाडेको अवस्थामा फेला परेको उहाँले...