५ पुष २०८२, शनिबार

मुख्य समाचार

लघुवित्त पीडितसँगको वार्ता सहमति नजिक, आज फेरि वार्ता

२ चैत्र २०८०, शुक्रबार ०३:०५

आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिसँगको वार्ता सहमति नजिक पुगेको छ । अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरुसँग हिजो छलफल गरेको र आज बिहान फेरि बस्नेगरी सकिएको अर्थमन्त्री वर्षमान पुनको निजी सचिवालयले जनाएको छ...

अपराध नियन्त्रणका लागि निर्देशन कुर्नु पर्दैन : गृहमन्त्री लामिछाने

२ चैत्र २०८०, शुक्रबार ०३:००

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । हिजो बेलुकी गृहमन्त्रालयबाट ‘भर्चुअल’ रुपमा निर्देशन दिँदै उहाँले आपराधिक गतिविधि नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु नपर्ने बताउनुभयो ।...

पूर्व श्रममन्त्री भण्डारीबाट भएका विवादित निर्णय अध्ययन गर्न समिति गठन

१ चैत्र २०८०, बिहीबार ०३:०१

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले निवर्तमान मन्त्री शरतसिंह भण्डारीबाट भएका विवादित निर्णय अध्ययन गर्न समिति गठन गर्नु भएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव गोविन्द प्रसाद रिजालको संयोजकत्वमा गठन भएको समितिले अध्ययन गरेर प्रतिवेदन पेस गरेपछि ती...

मधेश, गण्डकी र सुदूरपश्चिमका नवनियुुक्त प्रमुखले शपथ लिए

१ चैत्र २०८०, बिहीबार ०२:५९

नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । मधेशमा सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाले प्रदेश प्रमुखको शपथ लिनुभएको हो । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई हिजो प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो...

तीन प्रदेशका प्रमुख पदमुक्त

३० फाल्गुन २०८०, बुधबार १२:०४

राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन २८ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड ‘ख’ बमोजिम राष्ट्रपतिले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएकाे हाे । मधेश प्रदेशका प्रमुख...

प्रधानमन्त्री प्रचण्डलाई तेस्राे पटक विश्वासकाे मत प्राप्त

३० फाल्गुन २०८०, बुधबार १२:०२

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत र विपक्षमा एक सय १० मत प्राप्त भएको छ । मत...

विश्वकप छनोट यात्राको तयारी राम्रो भएको प्रशिक्षक अल्बर्टो एनेसको भनाइ

३० फाल्गुन २०८०, बुधबार ०३:०२

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत बहराइनसँगको खेलका लागि छोटो समयका बाबजुद राम्रो तयारी गरेको बताएका छन् । छनोटको दोस्रो चरणअन्तर्गत नेपालले बहराइनसँग आउँदो चैत ८ र १३ गते खेल्नेछ । त्यसअघि नेपालले मलेसियासँग...

प्रधानमन्त्री प्रचण्डले आज तेस्रोपटक विश्वासको मत लिँदै

३० फाल्गुन २०८०, बुधबार ०३:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्बाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । गएको वर्ष २०७९ पुस १० गते एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका समर्थनमा प्रधानमन्त्री...

भारतद्वारा डोटी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

२९ फाल्गुन २०८०, मंगलवार १५:०९

काठमाडौं,फाल्गुण २८ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु. २.८९ करोड आर्थिक सहयोगमा नेपालको डोटी जिल्लाको बडीकेदार गाउँपालिकास्थित श्री केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको लागि निर्माण गरिने भवनको आज बडीकेदार गाउँपालिकाका अध्यक्ष श्री भैरव बहादुर साउद र काठमाडौंस्थित भारतीय राजदूतावासका...