२४ श्रावण २०८३, आईतवार

मुख्य समाचार

उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

२८ श्रावण २०८१, सोमबार १२:४७

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालय बबरमहालमा वृहत नागरिक एकता अभियानले महानिर्देशक अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । पोखरा विमानस्थलबारे सत्यतथ्य...

भारतको विहारमा रहेको मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको ज्यान गयो

२८ श्रावण २०८१, सोमबार ०३:४९

भारतको विहारमा रहेको बाबा सिद्धेश्वर नाथको मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको ज्यान गएको छ । अरु ३५ जनाभन्दा धेरै घाइते भएका छन् । साउन महिनामा बाबा सिद्धेश्वरनाथको मन्दिरमा जलाभिषेक गर्न भक्तजनको भिड लाग्ने गर्दछ । श्रद्धालुको घुइँचोकोबीच गएराति भागदौड हुँदा...

श्रम आप्रवासन नीतिको मस्यौदा तयार, श्रमिकबाट लागत खर्च नलिने प्रस्ताव

२८ श्रावण २०८१, सोमबार ०३:४९

श्रम आप्रवासन नीतिको मस्यौदा तयार भएको छ । आप्रवासन विज्ञ डा.गणेश गुरूङ नेतृत्वको समितिले मस्यौदा तयार पारेर सरकारलाई बुझाएको हो । मस्यौदामा वैदेशिक रोजगारीमा जाने श्रमिकबाट लागत खर्च नलिने प्रस्ताव गरिएको छ । श्रम आप्रवासनका क्रममा हुने खर्च रोजगारदाताले बेहोर्ने...

सहकारीको करोडौं रकम ठगीमा कारागारमा रहेका शर्मा र लामा सिंहदरबारभित्र समितिको बयानमा

२७ श्रावण २०८१, आईतवार ०७:५७

काठमाडौं। बचतकर्ताको करोडौं रुपैयाँ अपचलन गरेको आरोपमा मुद्दाका सिलसिलामा पुर्पक्षका लागि थुनामा रहेका शिवशिखर बहुद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मासँग सहकारी ठगीसम्बन्धी छानबिनका लागि गठित संसदीय समितिले सोधपुछ गरेको छ।ललितपुरको नख्खु कारागारमा रहेका शर्मालाई शनिबार सिंहदरबारमा समितिले सोधपुछ गरेको समितिका...

सर्लाहीमा युवक मृत फेला, हत्याको आशंका

२७ श्रावण २०८१, आईतवार ०७:५५

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–८, टाँडीमा शनिबार एक युवक मृत फेला परेका छन् । टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना मृतावस्थामा फेला परेका हुन् । गाउँनजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा युवक मृत फेला परेको इलाका प्रहरी...

विशेष अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता कुँवर निर्वाचित

२७ श्रावण २०८१, आईतवार ०७:५४

काठमाडौँ । विशेष अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता टीकाबहादुर कुँवर निर्विरोध निर्वाचित भएका छन् ।आज नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा उपाध्यक्षमा शशिनाथ मरासिनी, सचिवमा युवराज बन्जाडे, सहसचिवमा कोपिला बस्नेत, कोषाध्यक्षमा गणेश घिमिरे निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ईश्वरीप्रसाद...

चीनले भिसामा सहजीकरण गरेपछि पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि

२७ श्रावण २०८१, आईतवार ०३:११

चीनले भिसामा सहजीकरण गरेपछि पर्यटकको सङ्ख्या उल्लेख्य बढाएको छ । सन् २०२४ को पहिलो छ महिनामा चीनमा एक करोड ४० लाख ६४ हजार जना विदेशी पर्यटक पुगेका छन् । यो अघिल्लो वर्षको छ महिनाको तुलनामा एक सय ५२ प्रतिशतले धेरै हो...

सोलुखुम्बु र बाजुरामा करेन्ट लागेर दुई जनाकाे ज्यान गयो

२७ श्रावण २०८१, आईतवार ०३:०४

सोलुखुम्बुको सल्लेरीमा करेन्ट लागेर विद्युत कम्पनीका एक जना कर्मचारीको ज्यान गएको छ । ज्यान गुमाउनेमा सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडका प्राविधिक विष्णु राई रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कम्पनीले सल्लेरी क्षेत्रको तार आसपासको रुख बिरुवा कटान गर्ने...

प्रशासकीय तथा वित्त सहायक खनालविरुद्ध सर्वोच्चमा पुनरावेदन

२६ श्रावण २०८१, शनिबार ०७:१९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका प्रशासकीय तथा वित्त सहायक पदमा कार्यरत कमल प्रसाद खनालविरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमध्ये प्रतिवादी कमल प्रसाद खनाल रहेको भ्रष्टाचार मुद्दामा...

ताजा समाचार