=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
३० फाल्गुन २०८०, बुधबार ०३:००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्बाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । गएको वर्ष २०७९ पुस १० गते एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका समर्थनमा प्रधानमन्त्री...
२९ फाल्गुन २०८०, मंगलवार ०३:०४
सङ्घीय सरकारमा सत्ता गठबन्धन फेरिने बित्तिकै प्रदेश प्रमुख फेर्ने विकृति यसपटक पनि दोहोरिएको छ । प्रदेश प्रमुख पदको गरिमा विपरीत केन्द्रमा सत्ता गठबन्धन फेरिने बित्तिकै पुराना प्रदेश प्रमुख हटाएर आफू निकटका व्यक्तिलाई नियुक्तिको सिफारिस गर्ने पुरानै विकृति यसपटक पनि दोहोरिएको...
२९ फाल्गुन २०८०, मंगलवार ०२:५७
राष्ट्रिय सभा अध्यक्षको लागि आज चुनाव हुँदैछ । आज हुने राष्ट्रिय सभा अध्यक्ष चुनावको लागि गठबन्धनको तर्फबाट माओवादीका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत छ । यसअघि कांग्रेसले कृष्णप्रसाद सिटौलालाई...
२७ फाल्गुन २०८०, आईतवार ०३:४०
राष्ट्रिय सभा अध्यक्षको चुनाव अघि सत्तारुढ र प्रमुख विपक्षी दल कांग्रेस रणनीति बनाउन जुटेका छन् । सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार आज टुङ्गाे लगाउने जनाएको छ । हिजो बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...
२६ फाल्गुन २०८०, शनिबार ०२:४९
भारतले भोलि माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो टोलीलाई स्वदेश फर्काउने बताएको छ । माल्दिभ्स चीनसँग नजिकिएपछि भारतले आफ्ना सैनिकहरू फिर्ता गर्न लागेको बीबीसीले जनाएको छ । माल्दिभ्समा रहेका झन्डै ८० जना भारतीय सैनिकहरूलाई आउँदो मे महिनाभित्र फिर्ता गरिसक्न माल्दिभ्सका राष्ट्रपति मोहम्मद...
२६ फाल्गुन २०८०, शनिबार ०२:४८
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी–२० अन्तराष्ट्रिय वरीयतामा नेपाली खेलाडीले ब्याटिङ र अलराउन्डर दुवैतर्फ राम्रो सुधार गरेका छन् । ब्याटिङतर्फ रोहित पौडेलले एकै पटक ३६ स्थान सुधार गर्दै ५४ औँ स्थानमा आएका छन् । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३१ स्थान...
२६ फाल्गुन २०८०, शनिबार ०२:४७
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । अल्पमतमा पर्नु भएका उहाँले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै नागरिक उन्मुक्ति पार्टीबाट तीन मन्त्री नियुक्त गर्नुभएको हो । नागरिक उन्मुक्ति पार्टीबाट संसदीय दलका नेता घनश्याम चौधरी र खुशीराम डङ्गौरा...
२५ फाल्गुन २०८०, शुक्रबार ०३:०९
नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले बैङ्क तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्न अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिनुभएको छ । नेपाल बैङ्कर्स सङ्घका प्रतिनिधिहरूसँग कुरा गर्दै मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैङ्कको ऋण तिर्दिन भन्ने र तिर्नुहुन्न भन्ने...
२४ फाल्गुन २०८०, बिहीबार ११:०२
निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी अध्यक्ष बन्न अयोग्य रहेको जनाएको छ । पार्टी अध्यक्षको रुपमा अद्यावधिक गर्न दिएको निवेदनमाथि आज आयोगले निर्णय गर्दै ऐन, नियमावली र पार्टीकै विधान अनुसार पनि चौधरी अध्यक्ष बन्न अयोग्य रहेको उल्लेख गरेको हो...
२३ फाल्गुन २०८०, बुधबार ०२:५९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलका शीर्ष नेताहरुसँगको छलफललाई तीव्र पार्नुभएको छ । प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि छलफलमा जुट्नुभएको छ ।मन्त्रिपरिषद्मा जिम्मेवारी बाँडफाँट तथा अरु दलहरुलाई सत्ता गठबन्धनमा सहभागी गराउने प्रयास भैरहेको छ । प्रचण्ड र...