२२ भाद्र २०८२, आईतवार ०७:३५
सर्मिला रोकाया, बाजुरा बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा १७ औं हलिया मुक्ति दिवस भव्य रुपमा सम्पन्न भएको छ । “सबै खाले कु प्रथा र विभेद विरुद्ध हाम्रो अभियान, मुक्त हलियाहरूको पूर्ण पुनःस्थापना र दिगो समाधान” भन्ने मूल नाराका...
२२ भाद्र २०८२, आईतवार ०३:००
चेपाङ समुदायले आज छोनाम अर्थात् न्वागी पर्व मनाउँदैछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ । २०६३ सालदेखि चेपाङ सङ्घको पहलमा सामूहिक रूपमा उत्सवकै रूपमा न्वागी मनाउन थालिएको थियो ।...
२२ भाद्र २०८२, आईतवार ०२:५९
आज निजामती सेवा दिवस, देशभर विभिन्न कार्यक्रम गरी सरकारी कर्मचारीले मनाउँदैछन् । दिवसको अवसरमा स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, अन्तक्र्रिया, झाँकी प्रदर्शनी, र्याली, दीपावलीलगायतका कार्यक्रम तय गरिएको छ । निजामती सेवासम्बन्धी ऐन पहिलोपटक २०१२ साल भदौ २२ मा पहिलो...
२२ भाद्र २०८२, आईतवार ०२:५६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यमा दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा भाग नलिने बताउनुभएको छ । उहाँको ठाउँमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई पठाउने योजना वासिङ्टनले सार्वजनिक गरेको एएफपीले जनाएको छ । अमेरिकाले अर्को वर्ष मियामी नजिकै रहेको आफ्नो...
२२ भाद्र २०८२, आईतवार ०२:५५
आज कोशी र कर्णाली प्रदेशको पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भागमा पर्ने मौसमविद्ले बताएका छन् । पछिल्लो तीन घण्टामा पाल्पाको कुमालगाउँ वर्षामापन केन्द्रमा...
२१ भाद्र २०८२, शनिबार ०२:५९
थाइल्यान्डमा दुई वर्षमा तेस्रो प्रधानमन्त्री नियुक्त भएका छन् । थाइल्यान्डको संसदले व्यवसायी अनुतिन चार्नविराकुललाई देशको प्रधानमन्त्रीको रूपमा चयन गरेको बीबीसीले जनाएको छ । कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँगको फोनवार्ता चुहावट भएपछि नैतिक उल्लङ्घनको आरोपमा गएको हप्ता थाइल्यान्डको संवैधानिक अदालतले पेतोङतार्न शिनावात्रालाई...
२१ भाद्र २०८२, शनिबार ०२:५४
वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भदौ शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाण्डौ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका ठाउँमा मनाइन्छ । भदौ शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक...
२० भाद्र २०८२, शुक्रबार ०२:५४
सरकारको निर्देशनअनुसार दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको पत्रपछि नेपाल टेलिकम र एनसेलले दर्ता नभएका सामाजिक सञ्जाल देशभर निष्क्रिय पारेका हुन् । नेपाल टेलिकमले सूचना निकालेर नेपालमा सूचीकरण नभइ...
२० भाद्र २०८२, शुक्रबार ०२:५१
नेपाल र बङ्गलादेशबीच हुने मैत्रीपूर्ण खेलको तयारी पूरा भएको छ । भोलि र आउँदो मङ्गलवार हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि सबै तयारी पूरा भएको एन्फाका प्रवक्ता सुरेश शाहले हिजो काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । प्रतियोगिताका दुई खेल...