१ आश्विन २०८०, सोमबार ०३:४१
भारतको पश्चिम बङ्गालमा रहेको शान्तिनिकेतन सहर युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएको छ । साउदी अरबमा सम्पन्न विश्व सम्पदा समितिको ४५औँ अधिवेशनले शान्तिनिकेतन सहरलाई विश्व सम्पदा सूचीमा समावेश गरेको युनेस्कोले सामाजिक सञ्जाल एक्स अर्थात् ट्वीटर मार्फत् जानकारी दिएको छ ।...
३१ भाद्र २०८०, आईतवार ०३:५७
हेटौँडाको सञ्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक बाहेकका सबै...
३१ भाद्र २०८०, आईतवार ०३:५४
आज तीजको दर खाने दिन । दरखाने दिनसँगै तीज पर्व शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । भोलि व्रत बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि...
३१ भाद्र २०८०, आईतवार ०३:५३
कर्णाली प्रदेश सरकारले किसान प्रोत्साहन गर्नका लागि यो वर्ष १७ प्रकारका अनुदान दिने भएको छ । कर्णाली प्रदेशले चालु आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अन्तर्गत १७ प्रकारका अनुदान दिन लागेको हो । अनुदानका पाउनका लागि कृषि व्यवसायमा लागेका समूह, कृषि सहकारी,...
३० भाद्र २०८०, शनिबार ०३:५५
हेटौँडामा रहेको सञ्चो अस्पतालका डाक्टरमाथि अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनामाथि जिल्ला अदालतबाट अनुसन्धान गर्न आज शुक्रवार तीन दिनको म्याद थप गरिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा राखी अनुसन्धान गरिने छ । जिल्ला...
३० भाद्र २०८०, शनिबार ०३:५४
नेपाल आयल निमगले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले आज शुक्रवार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । मूल्य समायोजनसँगै काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर...
३० भाद्र २०८०, शनिबार ०३:५३
काठमाण्डौको तीनकुने गैह्रीगाउँमा चार जनाको शव फेला परेको छ । दिव्य फर्निचर मिलभित्र एकै परिवारका तीनसहित चार जनाको शव भेटिएको हो । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा चार वटा...
३० भाद्र २०८०, शनिबार ०३:५२
सुदूरपश्चिम प्रदेशलगायत कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको मौसम अहिले आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिमका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभरकै मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
२९ भाद्र २०८०, शुक्रबार २०:२८
काठमाडौँ । भारतीय राजदूतावास काठमाडौँ, बीपी कोइराला भारत–नेपाल फाउण्डेशन र नेपाल बौद्ध महासङ्घले संयुक्तरूपमा नेपाल कला परिषद्, बबरमहल, काठमाडौँमा आज सम्भोता-भोटी लिपिसम्बन्धी दुईदिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिलाकुमारी, नेपाल...