७ फाल्गुन २०८०, सोमबार ०७:१५
रोजगार अनुमति प्रणाली (ईपीएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा आज हुँदैछ। परीक्षामा आवेदन दिनेको सङ्ख्या धेरै परेकाले पाँच सिफ्टमा परीक्षा सञ्चालन गरिँदैछ । दक्षिण कोरियामा उत्पादनतर्फ राेजगारीमा जानका लागि सन् २०२४ मा भाषा परीक्षाका लागि आवेदन दिनेको सङ्ख्या अपेक्षाभन्दा दोब्बर रहेकाे थियाे...
७ फाल्गुन २०८०, सोमबार ०४:०२
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ गिरौनचोरमा जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप आइतबार राति साढे १२ बजे दुर्घटनाग्रस्त बनेको हो। दुर्घटनामा तनहुँ, आँबुखैरेनी–६ छापस्वाँराका...
७ फाल्गुन २०८०, सोमबार ०३:५२
७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् । सूचना तथा प्रसारण विभागको...
६ फाल्गुन २०८०, आईतवार १५:५५
काठमाडौँ । सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जोशीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकले योसहित १० वटा निर्णय गरेको छ । १. डेडिकेटेड फिडर तथा ट्रङ्क...
६ फाल्गुन २०८०, आईतवार १५:४५
वीरगन्ज । मधेस प्रदेश सभाबाट मुख्यमन्त्री सरोजकुमार यादवको सरकारले विश्वासको मत प्राप्त गरेको छ । मुख्यमन्त्री यादवले सदनमा पेश गरेको विश्वासको मतको प्रस्तावमा प्रदेश सभाबाट यादवलाई ६९ जना प्रदेश सांसदले विश्वासको मत दिएका हुन् । विपक्षमा भने ३५ जना प्रदेश सांसदले...
६ फाल्गुन २०८०, आईतवार १०:४६
रौतहट । रौतहटमा हिन्दु र मुस्लिम समुदायबिच दोहोरो झडप भएपछि कर्फ्युको क्षेत्र थप गरिएको छ । ईशनाथ नगरापालिका–७ स्थित घिउरा गाउँमा सरस्वती पूजाको मूर्ति विसर्जन गर्ने विषयमा सुरु भएको विवाद बढेपछि कर्फ्युको क्षेत्र विस्तार गरिएको रौतहटका प्रजिअ हिरालाल रेग्मीले रातोपाटीलाई बताए...
६ फाल्गुन २०८०, आईतवार १०:२४
वीरगन्ज । मधेश प्रदेशसभा बैठक दश मिनेटका लागि स्थगित गरिएको छ । सदन सुरु हुने बितिकै जनतम पार्टीले बैठकअवरुद्ध गरेपछि सभामुखले १० मिनेटका लागि सदन स्थगित गरिएको सूचना दिएका छन् । जनमत पार्टीका प्रमुख सचेतक चन्दन सिंहले मुख्यमन्त्रीकै उपस्थितिमा ९...
६ फाल्गुन २०८०, आईतवार ०९:३२
श्रीलङ्काले यस वर्षको पहिलो ४५ दिनमा पर्यटनबाट सात अर्ब रुपी अर्थात् लगभग २२ दशमलव ४ मिलियन अमेरिकी डलर कमाएको छ । श्रीलङ्काको सरकारी सञ्चारमाध्यम ‘सन्डे अब्जर्भर’ का अनुसार पर्यटनबाट ४५ दिनमा कमाएको यो रकम अहिलेसम्मकै धेरै हो । अहिले श्रीलङ्कामा दैनिक नाै...
६ फाल्गुन २०८०, आईतवार ०९:३०
प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा एमाले सचेतक महेश बर्तौला र रास्वपा सभापति रवि लामिछानेले सरकारी छानबिन समितिले नै दोषी...