२९ श्रावण २०८३, शुक्रबार

अर्थ बाणिज्य

आज पनि विभिन्न ठाउँमा मध्यमसम्मको पानी पर्ने : सुदूरपश्चिम र लुम्बिनीको तराई भागमा उच्च गर्मी

१२ जेष्ठ २०८३, मंगलवार ०३:३५

गए राति देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा केही ठाउँमा पनि हल्का वर्षा भएको छ...

समस्याग्रस्त थप तीन सहकारीका १७ सय ऋणीको नाम सार्वजनिक, ऋण चुक्ता गर्न निर्देशन

१२ जेष्ठ २०८३, मंगलवार ०३:३४

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त थप तीन वटा सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ । समितिका अनुसार समस्याग्रस्त घोषित तीन वटा सहकारीका १ हजार ७७० जना ऋणीहरूको नाम सार्वजनिक गरिएको हो । समितिले घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी,...

शान्ति वार्तामा कुनै प्रगति नभएपछि इरानलाई ट्रम्पको कडा चेतावनी, समय सकिँदै गएको भन्दै वार्तामा आउन दबाब

४ जेष्ठ २०८३, सोमबार ०६:३४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता ठप्प बनेपछि कडा चेतावनी दिनुभएको छ । उहाँले समय सकिँदै गरेको भन्दै इरानलाई चाँडै सहमतिमा पुग्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत ट्रम्पले इरानले छिटो निर्णय नगरे इरानमा केही पनि बाँकी...

प्रधानन्यायाधीशमा सिफारिस मनोजकुमार शर्माविरुद्ध ७ वटा उजुरी

४ जेष्ठ २०८३, सोमबार ०५:५६

प्रधानन्यायाधीशमा सिफारिस भएका मनोज कुमार शर्माविरुद्ध संसदीय समितिमा सातवटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिले गएको वैशाख २५ गते शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो । आजसम्म उजुरी दिन सकिने समितिले जनाएको छ । शर्माविरुद्ध परेका उजुरीमाथि भोलिदेखि अध्ययन शुरु...

आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी

३ जेष्ठ २०८३, आईतवार ०६:५१

सरकारले आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको दाबी गरेको छ । चिनीलगायत अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य स्थिरता कायम गर्न निरन्तर पहल भैरहेको  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले उपभोक्ता एवम् सरोकारवालामा चिनीलगायत दैनिक...

आईपीएल क्रिकेटमा पञ्जावको लगातार पाँचौँ हार

१ जेष्ठ २०८३, शुक्रबार ०४:३७

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाव किङ्ग्सलाई हराएको छ । मुम्बई ६ विकेटले विजयी भएको हो । हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले ८ विकेट गुमाएर २०० रन बनाएको थियो । पञ्जावले दिएको २०१ रनको लक्ष्य...

विपक्षी दलहरूको बहिष्कार र अवरोधबीच नीति तथा कार्यक्रम बहुमतले पारित

१ जेष्ठ २०८३, शुक्रबार ०४:३६

विपक्षी दलहरूको बहिष्कार र अवरोधबीच सरकारको नीति तथा कार्यक्रम संसदबाट बहुमतले पारित भएको छ । सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम हिजो पारित गरिएको हो । नीति तथा कार्यक्रममाथि छलफलका लागि अस्ति बुधबार संसदमा पेस...

सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

१ जेष्ठ २०८३, शुक्रबार ०४:३५

पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको छ । उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी समिति गठन...

अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

१ जेष्ठ २०८३, शुक्रबार ०४:१८

प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगर्न र सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन निर्देशन दिएको छ । कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र प्रदेशहरुलाई परिपत्र गर्दै अत्यावश्यक बाहेकका सामान नकिन्न निर्देशन दिएको हो ।...

ताजा समाचार