२१ माघ २०८२, मंगलवार

गायिका एलिना चौहान र विष्णु सापकोटाको वैवाहिक सम्बन्ध अन्त्यतर्फ


गत वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गरेकी गायिका एलिना चौहानले आफ्नो वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णय गरेकी छिन्।

 

श्रीमान् विष्णुसँग अलग हुने निर्णय गर्दै उनले डिभोर्सको कानुनी प्रक्रिया सुरु गरिसकेको रजतपट कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीले दाबी गरेका छन्। हिजो साँझ प्रसारित रजतपट कार्यक्रममा सुवेदीले एलिनाले बिष्णुसँग कुनै पनि आर्थिक दाबी नगरी डिभोर्स गर्न लागेको खुलासा गरेका थिए। उनका अनुसार यो प्रक्रिया एक महिनाभित्र टुंगिनेछ।

उता विष्णुले पनि वारेसनामा दिएर प्रक्रिया अघि बढाएको बताइएको छ। चर्चित गायिका एलिना विवाहपश्चात बिष्णुसँग अष्ट्रेलिया गएकी थिइन्। तर, अष्ट्रेलियामा उनले घरेलु हिंसाको सामना गरेको भन्दै नेपाल फर्किई केही समय ओशो केन्द्रमा बिताइन्।

लगत्तै, दुई साता अघि पोखरा जाने क्रममा उनले एक गायिकासँग आफ्नो पीडा बाँडेकी थिइन्। ती गायिकाले एलिनाको नाम नखुलाई सामाजिक सञ्जालमा खबर सार्वजनिक गरिन्। उक्त खबरलाई पुष्ट्याइ गर्ने प्रमाणसहित प्रकाश सुवेदीले रजतपट कार्यक्रममा प्रसारण गरेपछि एलिना र विष्णुको वैवाहिक सम्बन्धमा दरार आएको प्रसंग बाहिरिएको हो।