२८ फाल्गुन २०८१, बुधबार

‘लाज शरणम् २’मा जिग्री ब्रो शीर्ष भूमिकामा देखिन लागेका हुन् ?


लोकप्रिय टिभी शो ‘सक्किगो नि’को टीमले बनाएको कथानक फिल्म ‘लाज शरणम्’ बुधबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ । यसअघि सिरियलबाट हिट कलाकार भएकाले पनि दर्शकमाझ फिल्म प्रतीक्षित छ ।

सीताराम कट्टेल धुर्मुस, सागर लम्साल बले, अर्जुन घिमिरे पाँडे लगायतका कलाकार भएकाले पनि सिरियल हेर्दै आएका दर्शकलाई यो फिल्म रुचिकर हुने पक्का छ । यसबाहेक अर्पण थापा, विजय लामा, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, रेणु योगी लगायतका फिल्मी कलाकार पनि यसमा छन् ।

तपाईंले फिल्म हेर्नुभएको छैन भने थाहा नहुन सक्छ र निर्माताले यसलाई सार्वजनिक पनि गरेका थिएनन् । दयाहाङ राई र बुद्धि तामाङ पनि विशेष भूमिकामा छन् ।

फिल्ममा निर्देशक समेत रहेका कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि विशेष भूमिकामा छन् । उनको प्रवेशसँगै फिल्मको समापन भएको छ । उनको भूमिकालाई सस्पेन्स तुल्याइएको छ । जिग्री ब्रोको प्रवेशलाई निर्देशकले दोस्रो श्रृंखलाको लागि मार्ग प्रशस्त अथवा स्थापना गरेको रुपमा बुझ्न सकिन्छ ।

निर्माता तथा अभिनेता अर्जुन घिमिरे पाँडेले फिल्मको दोस्रो सिक्वेल आउने संकेत गरे ।