१९ माघ २०८२, आईतवार
   Turuntai Reporter

भूकम्पबाट पूर्ण र आंशिक गरी ६२ हजार १२ वटा घरमा क्षति : ४० हजारभन्दा धेरै विद्यार्थी प्रभावित

२ मंसिर २०८०, शनिबार ०२:५४

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा पूर्ण र आंशिक गरी अहिलेसम्म ६२ हजार १२ वटा घरमा क्षति पुगेको छ । जाजरकोट र रुकुम पश्चिमसहितका जिल्लामा आंशिक रुपमा ३५ हजार चार सय ५५ र पूर्णरुपमा २६ हजार पाँच सय ५७ घरमा क्षति...

टिकटक बन्द गर्ने सरकारी निर्णयको महेश बस्नेतले गरे स्वागत

२८ कार्तिक २०८०, मंगलवार १५:२९

नेकपा एमालेका युवा नेता महेश बस्नेतले टिकटक बन्द गर्ने सरकारी निर्णयको स्वागत गरेका छन् । साथै, उनले युट्युबलगायत अन्य सामाजिक सञ्जाललाई पनि नियमन गर्न माग गरेका छन् । ‘नेपालमा टिकटक ब्यान्ड गर्ने सरकारको स्वागतयोग्य निर्णय । अन्य सामाजिक सञ्जाल र...

हमास र इजरायल दुवैले युद्ध अपराध गरे : संयुक्त राष्ट्र सङ्घ

२४ कार्तिक २०८०, शुक्रबार ०२:५९

संयुक्त राष्ट्र सङ्घको मानवअधिकार उच्चायुक्तले गाजामा भइरहेको द्वन्द्वका क्रममा इजरायल र हमास दुवैले युद्ध अपराध गरेका बताएका छन् । राष्ट्रसङ्घीय अधिकारी फोल्कर ट्युर्कले प्यालेस्टिनी लडाकु समूहले गरेको अत्याचार र बन्धकलाई अझै आफ्नो कब्जामा राखिरहने कार्य युद्ध अपराध रहेको टिप्पणी गर्नुभएको हो...

मुगुको छायाँनाथमा अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ

२४ कार्तिक २०८०, शुक्रबार ०२:५७

मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ उपलब्ध गराएको छ । छायाँनाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो ।...

यूएईमा हुने जलवायु सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालले सहभागिता जनाउने

२४ कार्तिक २०८०, शुक्रबार ०२:५६

यूएईमा हुने जलवायु सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेपालले सहभागिता जनाउने भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) यूएईको दुबईमा मंसिर १४ देखि २६ गतेसम्म हुँदैछ । वन तथा वातावरण मन्त्रालयले...

जाजरकोट भूकम्पका पीडितकालागि भारतद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

१९ कार्तिक २०८०, आईतवार १८:०८

जाजरकोट भूकम्पका पीडितका लागि भारतले पहिलो खेपमा १० करोड भारतीय रुपैयाँ (१६ करोड नेपाली रुपैयाँ) को आपतकालीन राहत सामग्री नेपाल पठाएको छ । काठमाडौंस्थित भारतीय दूतावासका अनुसार ती सामान आइतबार नेपालगञ्ज आइपुगेको छ । भारतीय वायुसेनाको एक विशेष विमान सी-१३०...

राष्ट्रसङ्घका महासचिवको भ्रमण : सङ्क्रमणकालीन न्याय टुङ्गाेमा पुर्याउने अवसर

१३ कार्तिक २०८०, सोमबार ०४:१४

राष्ट्रसङ्घको सहजीकरणमा नेपालमा शान्ति सम्झौता भएका कारण महासचिवको भ्रमणले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गाेमा पुर्याउन सहयोग पुग्नुपर्छ । र, राष्ट्रसङ्घले पनि सहयोग पुर्याउनु पर्छ । किनकि सेना समायोजनदेखि लिएर शान्ति प्रक्रियाको साझेदार र सहभागी भएर निरन्तररुपमा राष्ट्रसङ्घले हेर्दै आएको...

गाजाको अस्पताल आसपास इजरायलको आक्रमण, डाक्टर भन्छन् : अस्पताल खाली गर्न असम्भव

१३ कार्तिक २०८०, सोमबार ०४:१०

द्वन्द्व प्रभावित गाजा क्षेत्रका डाक्टरले अस्पताल खाली गर्न असम्भव भएको बताएका छन् । इजरायलले उत्तरी गाजा क्षेत्रमा रहेको अल कुद्स अस्पताल तत्काल खाली गर्न भनेपछि डाक्टरहरुको यस्ताे प्रतिक्रिया आएको हो । इजरायलले प्यालेस्टाइनको विद्रोही समूह हमास विरुद्धको आक्रमण बढाउँदै अस्पताल आसपासका...

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै

२ कार्तिक २०८०, बिहीबार ०३:१५

नवरात्रको पाँचौँ दिन आज नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । हरेक वर्ष असोज शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र...