१८ माघ २०८२, शनिबार
   Turuntai Reporter

भूराजनीतिक चासो भन्दै रास्वपाले बन्दसूचीबाट हटायो टासी ल्हाजोमको नाम

१ माघ २०८२, बुधबार ०९:३६

काठमाडौं । रास्वपाले समानुपातिक सूचीमा रहेकी जेनजी अभियन्ता टासी ल्हाजोमको नाम समानुपातिकको बन्दसूचीबाट हटाएको छ । भूराजनीतिक चासो उत्पन्न भएको भन्दै रास्वपाले टासीको नाम हटाएको हो । उनको नाम बन्दसूचीको माथिल्लो क्रममा भए पनि उनको सहमति बेगर सूचीबाट नाम हटेको...

कांग्रेसको १५औं महाधिवेशनको नयाँ तालिका ल्याउने प्रस्ताव अनुमोदन

१ माघ २०८२, बुधबार ०९:११

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले १५औं महाधिवेशनको लागि नयाँ कार्यतालिका ल्याउने भएको छ । आज बुधबार पार्टी कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले नियमित महाधिवेशनको तालिका ल्याउने प्रस्ताव अनुमोदन गरेको हो ।...

सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

१ माघ २०८२, बुधबार ०९:०१

काभ्रेपलाञ्चोक । सिन्धुलीमा ठूलो मात्रामा अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय खुर्कोट प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खुर्कोटमा चेकजाँच गर्दा अमेरिकी डलर ५७ हजार (नेपाली ८२ लाख रुपैयाँ बराबर ) सहित युवराज नेवारलाई पक्राउ...

सहमतिका लागि विशेष महाधिवेशन पक्षधरले पठायो ८ बुँदे प्रस्ताव

१ माघ २०८२, बुधबार ०८:५३

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाएको छ । आज विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सो प्रस्ताव पठाइएको हो । आज बिहान ८ बुँदे पठाइएको वार्ता समितिका सदस्य समेत रहेका केन्द्रीय सदस्य...

चेतनाविनाको सुशासन सम्भव छैन : प्रधानमन्त्री कार्की

१ माघ २०८२, बुधबार ०८:४८

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताएकी छिन् । बुधबार आयोजित सुशासन र समृद्धिको लागि स्वजागरण कार्यक्रममा उनले स्वजागरण आध्यात्मिक अभ्यासमा मात्रै सीमित नरहेको बताएकी हुन् । उनका अनुसार स्वजागरण व्यक्तिगत अनुशासन, सामाजिक...

निर्वाचन सफल बनाउन सचेत भएर लागौं : मुख्यमन्त्री यादव

१ माघ २०८२, बुधबार ०८:४५

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सुरक्षा चुनौतीबीच आगामी निर्वाचनलाई सफल बनाउनुपर्ने बताएका छन् । बुधबार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले जेनजी आन्दोलनमा लुटिएका हतियार, जेलबाट भागेका कैदीहरू बाहिर रहेको, प्रहरीका आवश्यक सामाग्रीहरू नभएको अवस्थामा हुन लागेको...

भेनेजुएला सुरुवात हो, ट्रम्पका ध्वंसहरू बाँकी छन्

१ माघ २०८२, बुधबार ०८:४०

अमेरिकी बमवर्षाले भेनेजुएलाको क्षितिज धपक्क बलिरहँदा हामी एउटा पतनोन्मुख साम्राज्यका रुग्ण लक्षणसँग साक्षात्कार गरिरहेका थियौँ । पंक्तिकारको यो कथन अनौठो र असङ्गत प्रतीत हुन सक्छ । किनभने, अमेरिकाले कुनै देशको नेतालाई अपहरण गरेको छ र डोनाल्ड ट्रम्पले ‘अब भेनेजुएला म...

राजावादी आन्दोलनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ

१ माघ २०८२, बुधबार ०८:३४

काठमाडौं । राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेढाईंलाई पक्राउ गरेको हो । उनले एकै पटक धेरै मान्छेलाई राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाएको पाइएको छ । ५०...

नेपालमा शंकास्पद कारोबार बढ्यो, एक वर्षमा ९ हजार भन्दा बढी शंकास्पद कारोबार

२९ पुष २०८२, मंगलवार ११:१६

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशमा शंकास्पद कारोबार बढेको औँल्याएको छ । बैंकको वित्तीय जानकारी इकाइले एक वर्षको अवधिमा ९ हजार ५६५ वटा शंकास्पद कारोबार भएको प्रतिवेदन विज्ञप्तमार्फत जनाएको छ । जुन आँकडा अधिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी...