६ कार्तिक २०८३, बिहीबार Thursday, October 22, 2026

मुख्य समाचार

बागलुङमा बाढीपहिरोबाट १५ जनाको मृत्यु, ११३ घरगोठमा क्षति

२१ आश्विन २०८३, बुधबार ०२:३४

बागलुङ- असोज दोस्रो साता परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले बागलुङमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। असोज ९ देखि ११ गतेसम्मको वर्षापछि आएको बाढीपहिरो तथा त्यसपछि सोमबार गएको पहिरोमा परी जिल्लामा १५ जनाको मृत्यु भएको छ। बाढीपहिरोमा परी घाइते भएका...

दसैँका लागि देशभर रुट परमिट खुला गर्ने सरकारको निर्णय

२० आश्विन २०८३, मंगलवार १४:३०

काठमाडौँ – यातायात व्यवस्था विभागले दसैँलाई लक्षित गर्दै देशभरका सवारीसाधनका लागि रुट परमिट खुला गर्ने निर्णय गरेको छ। विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार दसैँको समयमा लामो तथा मध्यम दूरीमा रिजर्भमार्फत सवारीसाधन विभिन्न गन्तव्यमा जाने भएकाले फुलपातीदेखि पूर्णिमासम्म रुट परमिट खुला...

दसैँ–तिहारका लागि असोज २३ देखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने

२० आश्विन २०८३, मंगलवार १३:३०

काठमाडौँ-दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाहरूको बैठकले देशभर सञ्चालन हुने लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खोल्ने...

मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न, शुक्रबारदेखि चार्ज गरिने

२० आश्विन २०८३, मंगलवार १३:१६

काठमाडौँ – काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले निर्माण गरिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइनअन्तर्गत मातातीर्थ–चोभार खण्डको निर्माण पूरा भएको छ। मातातीर्थ सबस्टेसनदेखि चोभार सबस्टेसनसम्मको करिब ६ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन शुक्रबारदेखि चार्ज...

डेढ महिनादेखि तातोपानी नाका बन्द, सीमामा सयौँ कन्टेनर रोकिए

२० आश्विन २०८३, मंगलवार ०४:०३

सिन्धुपाल्चोक- चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी डेढ महिनाभन्दा लामो समयदेखि बन्द हुँदा सीमाक्षेत्रमा सामान बोकेका कन्टेनर रोकिएका छन् भने व्यवसायी नाका खुल्ने मितिको प्रतीक्षामा छन्। चीनले भदौ १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको...

रसुवा बाढी प्रभावितलाई दसैँअघि सुरक्षित स्थानमा पुनःस्थापना गर्ने सरकारको तयारी

२० आश्विन २०८३, मंगलवार ०३:४५

काठमाडौँ — पूर्वाधार विकासमन्त्री सुनील लम्सालले रसुवाका बाढी प्रभावित नागरिकलाई दसैँअघि नै सुरक्षित स्थानमा पुनःस्थापना गर्ने गरी सरकारले काम अघि बढाइरहेको बताएका छन्। मंगलबार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति बैठकमा मन्त्री...

डेढगाउँ पुलको नवलपुरतर्फ सडक बन्यो, तनहुँतर्फ निर्माण नहुँदा यातायात प्रभावित

२० आश्विन २०८३, मंगलवार ०२:४८

काठमाडौँ- बाढीले क्षति पुर्‍याएको डेढगाउँस्थित कालीगण्डकी पुलको नवलपुरतर्फको सडक पुनर्निर्माण सम्पन्न भए पनि तनहुँतर्फ काम सुरु नहुँदा यातायात सञ्चालनमा समस्या भएको छ। नवलपुर र तनहुँको सीमामा रहेको पुलको दुवैतर्फको एप्रोच रोड बाढीले बगाएको करिब १० दिन भइसकेको छ। पूर्वी नवलपरासीको बौदीकाली...

स्थानीय खानेकुराबाट पोषण सुधार्ने प्रयास, बुढीनन्दामा पोषण शिक्षा तथा पुनस्र्थापना कार्यक्रमको अनुगमन ।

१९ आश्विन २०८३, सोमबार १४:४६

सर्मिला रोकाया, बाजुरा बाजुराको बुढीनन्दा नगरपालिका–७ नौलाकोटमा लिर्वडद्वारा सञ्चालित पोषण शिक्षा तथा पुनस्र्थापना कार्यक्रमको सरोकारवालाले अनुगमन गरेको छ । लिर्वडद्वारा सञ्चालित ‘समुन्नत पोषणका लागि समावेशी सुशासन परियोजना’ अन्तर्गत सकारात्मक भिन्न व्यवहारमा आधारित पोषण शिक्षा तथा पुनस्र्थापना कार्यक्रमको सरोकारवालाले अनुगमन गरेको...

दुहबीमा संवाद फाउन्डेसनद्वारा जितिया महोत्सव २०८३ आयोजना

१९ आश्विन २०८३, सोमबार ०८:१४

सुनसरी — संवाद फाउन्डेसन सुनसरीको आयोजनामा जितिया महोत्सव २०८३ दुहबी–१२ स्थित पूर्वकुशाहामा सम्पन्न भएको छ। महिलाको सांस्कृतिक पहिचान, परम्परा र सहभागितालाई केन्द्रमा राख्दै आयोजना गरिएको महोत्सवमा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। महोत्सवमा दुहबी नगरपालिकाकी उपप्रमुख मेनुका खतीवडा प्रमुख अतिथिका...

कालीगण्डकीको बाँधस्थल हुँदै गुल्मी–स्याङ्जामा हलुका सवारी सञ्चालन गरिने

१८ आश्विन २०८३, आईतवार १५:३९

काठमाडौं- कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएपछि सडक सम्पर्कविच्छेद भएका गुल्मी र स्याङ्जाबीच हलुका सवारीसाधन सञ्चालन गर्ने सहमति भएको छ। गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मीचौर र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मी जोड्न कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको बाँधस्थल तथा गुल्मीतर्फको सुरुङ प्रयोग गरिने...

ताजा समाचार