९ मंसिर २०८१, आईतवार

मुख्य समाचार

कर्णालीमा मात्रै चार प्रतिशत नागरिक बीमाको पहुँचमा ।

२१ श्रावण २०८०, आईतवार ०६:४५

कर्णाली प्रदेश जीवन बीमाको पहुँचमा निक्कै कमजोर देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा चार प्रतिशत नागरिकमात्र जीवन बीमा कार्यक्रमको पहुँचमा रहेको पाइएको हो । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतले दिएको तथ्याङ्कअनुसार कर्णालीको कुल जनसङ्ख्याको...

सरकारसँग सहमति भए पनि आन्दोलन टुङ्गिएको छैन, सहकारीपीडित ।

२१ श्रावण २०८०, आईतवार ०६:३९

बिहीवार दिउँसो सहकारी पीडित र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भयो । बेलुकी करिब सात बजेतिर भने सरकार र पीडितपक्षबीच सात बुँदे सहमति भयो । सहमतिको सातौँ बुँदामा सहकारी संस्थाका बचतकर्ता सदस्यहरुबाट माइतीघर मण्डलामा भइरहेको अनशनरधर्ना स्थगित गर्ने भनेर लेखिएको छ ।...

दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्यान्ड्स महिला विश्व कप फुटबलको क्वाटरफाइनलमा ।

२१ श्रावण २०८०, आईतवार ०६:३२

फिफा महिला विश्व कप फुटबलमा दक्षिण अफ्रिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा पुगेको छ । आज बिहान अष्ट्रेलियाको एलियान्ज स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई २–० गोलले हरायो । नेदरल्यान्ड्सका जिल रुड र लिन्थ बियन्सटेनले गोल गरिन्। आज हुने अर्को खेलमा नेपाली...

आँखा पाक्ने रोग फैलिएपछि सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालय पाँच दिन बन्द ।

२१ श्रावण २०८०, आईतवार ०६:३०

आँखा पाक्ने रोग फैलिएपछि सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालय पाँच दिनका लागि बन्द भएका छन् । कतिपय विद्यालयहरुमा आँखा पाक्ने रोगको प्रकोप देखिएको र सङ्क्रमण बढ्दै गएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । जनप्रतिनिधि तथा शिक्षाका पेशागत सङ्घसंस्थाहरुसँगको...

महाकाली नदीले सतर्कता तह पार गर्यो, डडेलधुरा र कञ्चनपुरका बासिन्दालाई सतर्कता अपनाउन आग्रह ।

२१ श्रावण २०८०, आईतवार ०६:२७

महाकाली नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार महाकाली नदीमा पानीको सतह ५ दशमलव ८० मिटरभन्दा माथि पुगेको छ र पानीको सतह अझै बढिरहेको छ । डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने...

स्याङ्जाका सबै पालिकाका खानेपानीमा भेटियो दिसामा पाइने कोलीफर्मु ।

१९ श्रावण २०८०, शुक्रबार ०५:२६

स्याङ्जाका सबै पालिकाका खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै पालिकाका खानेपानीका मुहानबाट पानीको नमुना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बसुन्धारा शर्माका अनुसार जिल्लाका ११ पालिकाबाट खानेपानीका ९४...

भारत वेस्ट इन्डिजसँग ४ रनले पराजित ।

१९ श्रावण २०८०, शुक्रबार ०४:३८

घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत ४ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको १ सय ५० रनको मध्यम लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रनमात्र बनाउन सक्यो । भारतलाई...

विषालु च्याउ खाँदा छोराको ज्यान गयो, आमा गम्भीर बिरामी ।

१९ श्रावण २०८०, शुक्रबार ०४:३४

विषालु च्याउ खाँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर बिरामी भएका छन् । हिजो बिहीवार बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका ४ का करे सार्कीका १८ वर्षका छोरा तुलबहादुरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका...

नयाँ जनादेशका लागि संसद् भङ्ग गर्ने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा ।

१९ श्रावण २०८०, शुक्रबार ०४:२८

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ताजा जनादेशका लागि संसद् भङ्ग गर्ने घोषणा गर्नुभएको छ । देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेका बेला प्रधानमन्त्री शरिफले संसद् भङ्ग गरेर चुनावमा जाने निर्णय गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गए राति पार्टीका वरिष्ठ नेता तथा...