=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

राजनीति

उपचुनाव : उम्मेदवारी दर्ता गराएकाविरुद्ध आज उजुरी दर्ता र जाँचबुझ हुने

२५ चैत्र २०८०, आईतवार ०३:१०

उपचुनावका लागि हिजो उम्मेदवारी मनोनयन दर्ता गराएकाविरुद्ध आज उजुरी दर्ता र जाँचबुझ हुने भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने, दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीको जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको...

कर्णालीमा नयाँ सरकारका लागि दलहरूलाई आह्वान

२२ चैत्र २०८०, बिहीबार ०३:०९

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नुभएको छ । दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान भएको हो । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले हिजो पदबाट राजीनामा दिएपछि...

गण्डकीका मुख्यमन्त्रीले दिए राजीनामा

२१ चैत्र २०८०, बुधबार ०६:२०

२१ चैत, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् । फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले यही २२ गतेभित्र संसद्‌मा विश्वासको मत...

गठबन्धनमा एकीकृत समाजवादीले माग्यो मुख्यमन्त्री

१८ चैत्र २०८०, आईतवार १२:५१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एक मुख्यमन्त्री पाउनुपर्ने माग राखेको छ । आइतबार गठबन्धनका शीर्ष नेताहरूको बैठकमा अध्यक्ष माधवकुमार नेपालले सात प्रदेशमध्ये एक प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राखेका हुन् । उनले राजनीतिक नियुक्तिमा पनि सम्मानजनक सहभागिता पाउनुपर्ने बताएका थिए ।...

गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति सम्भव छैन : ओली

७ चैत्र २०८०, बुधबार ०३:००

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न नेपाली कांग्रेसले संसदीय समितिको माग गरे पनि सम्भव नरहेको बताउनुभएको छ । आज संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेसले परिपक्व प्रतिपक्षको भूमिका निर्वाह...

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा अस्पताल भर्ना

६ चैत्र २०८०, मंगलवार ०२:५३

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । जिल्ला अदालत काठमाण्डौले महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै हिजो उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले जनाएको छ । सीआइबीले महरालाई...

अपराध नियन्त्रणका लागि निर्देशन कुर्नु पर्दैन : गृहमन्त्री लामिछाने

२ चैत्र २०८०, शुक्रबार ०३:००

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । हिजो बेलुकी गृहमन्त्रालयबाट ‘भर्चुअल’ रुपमा निर्देशन दिँदै उहाँले आपराधिक गतिविधि नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु नपर्ने बताउनुभयो ।...

मधेश, गण्डकी र सुदूरपश्चिमका नवनियुुक्त प्रमुखले शपथ लिए

१ चैत्र २०८०, बिहीबार ०२:५९

नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । मधेशमा सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाले प्रदेश प्रमुखको शपथ लिनुभएको हो । मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई हिजो प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो...

तीन प्रदेशका प्रमुख पदमुक्त

३० फाल्गुन २०८०, बुधबार १२:०४

राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन २८ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड ‘ख’ बमोजिम राष्ट्रपतिले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएकाे हाे । मधेश प्रदेशका प्रमुख...

प्रधानमन्त्री प्रचण्डलाई तेस्राे पटक विश्वासकाे मत प्राप्त

३० फाल्गुन २०८०, बुधबार १२:०२

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ५७ मत र विपक्षमा एक सय १० मत प्राप्त भएको छ । मत...