१९ जेष्ठ २०८२, आईतवार

शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु


काठमाडौँको कमलपोखरी स्थित शान्दार मःम पसलमा ग्यास विष्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले छन् ।

उनीहरूको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । अन्य ९ जनाको उपचार भइरहेको छ ।