नेपालले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । महिला टोलीले आउँदो साता सुरु हुने वुमन्स टि-२० विश्वकप छनोट र पुरुष टोलीले अर्को महिना भारतमा हुने विश्वकपमा नयाँ जर्सी लगाएर खेल्ने छ ।
काठमाडौँमा आयोजित एक कार्यक्रमबीच टी-२० विश्वकपको ट्रफिसहित नयाँ जर्सी पनि सार्वजनिक गरिएको हो।
खेलाडीको जर्सीलाई ३ हजार ३ सय ९९, कपीवाला जर्सीको १ हजार ५ सय ९९ र फ्यानका लागि जर्सीको मूल्य ७ सय ९९ रुपैयाँ तोकिएको छ।
नेपालले भारतको मुम्बईस्थित वानखेडे क्रिकेट रंगशलामा खेल्ने छ। नेपालले बेलायत, वेस्टन्डिज, बंगलादेशर र इटालीसँग खेल खेल्ने छ।