नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान पूजा महतो नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर युथ प्लेयर अफ दि इयर २०८१ बाट सम्मानित भएकी छन्।
बुधबार पोखरामा आयोजित एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा पूजाले युथ स्पोर्टस् अवार्ड जितेकी हुन्। यस्तै एनएसजेएफ स्पेशल अवार्ड तेक्वान्दोका तुलसीकुमार गुरुङले पाएका छन्। पोखराकै गुरुङलाई स्पेशल अवार्डबाट सम्मान गरिएको हो।
टिम अफ दि इयरबाट नेपालको खोखो टोली सम्मानित भएको छ। गत वर्ष भारतको नयाँ दिल्लीमा भएको पहिलो खोखो विश्वकपमा नेपालको महिला र पुरुष खोखो टोलीले रजत पदक जितेको थियो।