७ कार्तिक २०८३, शुक्रबार Friday, October 23, 2026

हिमालीमा भौगोलिक विकटताबीच घरदैलोमै सामाजिक सुरक्षा भत्ता नवीकरण, सेवाग्राही खुसी ।

१५ श्रावण २०८३, शुक्रबार ०४:११

सर्मिला रोकाया, कोल्टी,बाजुरा बाजुराको हिमाली गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरण सेवालाई नागरिकमैत्री बनाउँदै गाउँपालिकाका सबै वडाका प्रत्येक टोल–बस्तीमै पुगेर नवीकरण कार्य सञ्चालन गरेको छ । सामान्यतया सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि लाभग्राहीहरू सम्बन्धित वडा कार्यालयमा पुग्नुपर्ने व्यवस्था रहे पनि हिमाली...

कोल्टी स्थित बुढीनन्दा आधारभुत विद्यालयमा स्थानीय तथा रैथाने खाद्य परिकार प्रदर्शन ।

१४ श्रावण २०८३, बिहीबार १०:१२

सर्मिला राेकाया, कोल्टी,बाजुरा बाजुराको बुढीनन्दा नगरपालिका–२, कोल्टीस्थित बुढीनन्दा आधारभूत विद्यालयमा स्थानीय तथा रैथाने खाद्य परिकार प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीमा पोषण शिक्षा, स्थानीय खाद्य प्रवद्र्धन तथा स्वस्थ खानपान सम्बन्धी व्यवहारमा विकास गर्ने उद्देश्यले प्रर्दशनी कार्यक्रम सम्पन्न गरिएको हो...

भारत–नेपाल ऊर्जा सहकार्यसम्बन्धी जेएससीको १३औँ बैठक पोखरामा सम्पन्न

३१ असार २०८३, बुधबार १९:२५

पोखरा, असार ३१: भारत र नेपालबीच ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी संयुक्त निर्देशक समिति (जेएससी) को १३औँ बैठक पोखरामा सम्पन्न भएको छ। भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीको सह-अध्यक्षतामा बैठक...

सोलुखुम्बुमा भारत सरकारको सहयोगमा गुम्बा भवन निर्माणको शिलान्यास

३० असार २०८३, मंगलवार १९:१९

सोलुखुम्बु: कोशी प्रदेशअन्तर्गत सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बा भवन निर्माणका लागि शिलान्यास गरिएको छ। गुम्बा भवनको शिलान्यास लिखु पिके गाउँपालिकाका अध्यक्ष मिना कार्की बस्नेत र काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा...

हिमाली गाउँपालिकामा आँखा उपचार सेवा सुरु, पहिलो दिन १ सय ९० बढीले सेवा पाए ।

२९ असार २०८३, सोमबार १५:५६

सर्मिला रोकाया बाजुराको दुर्गम हिमाली गाउँपालिकामा पहिलो पटक नियमित आँखा उपचार सेवा सञ्चालनमा आएको छ। हिमाली गाउँपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल र च्यारिटी फाउन्डेसन नेपालको साझेदारीमा आँखा उपचार सेवा सञ्चालनमा आएको हो । वर्षौंदेखि आधारभूत आँखा...

विदेशी सम्बन्धनका कलेजका लागि नयाँ नियमावली

२५ असार २०८३, बिहीबार ०६:५०

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको नियमावली हिजो बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो...

बुढीनन्दा १ पिपलडालीमा लागू औषध दुव्र्यसन न्यूनीकरणका लागि समुदायस्तरीय सचेतना कार्यक्रम सम्पन्न ।

२५ असार २०८३, बिहीबार ०४:३७

सर्मिला रोकाया, बाजुरा बाजुराको बुढीनन्दा नगरपालिका–१, पिपलडालीमा लागू औषध तथा दुव्र्यसन न्यूनीकरणका लागि समुदायस्तरीय सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । जनप्रकाश माध्यमिक विद्यालयको आयोजना तथा सुदूरपश्चिम प्रदेश नमुना विद्यालय सञ्चालन परियोजनाअन्तर्गत सामाजिक विकास कार्यालय, मार्तडी बाजुराको सहयोगमा सचेतना कार्यक्रम...

भारत सरकारको सहयोगमा पुनर्निर्मित जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको ‘अवार्ड अफ मेरिट’

१८ असार २०८३, बिहीबार १९:१०

ललितपुर: भारत सरकारको अनुदान सहयोगमा संरक्षण तथा पुनर्निर्माण गरिएको ललितपुरस्थित जेष्ठ वर्ण महाविहारले सन् २०२५ को युनेस्को एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कारअन्तर्गत ‘अवार्ड अफ मेरिट’ प्राप्त गरेको छ। महाविहारमा आयोजित हस्तान्तरण समारोहमा नेपालका लागि युनेस्को प्रतिनिधि याको दु तोईले ललितपुर...

झापामा भारत सरकारको सहयोगमा विद्यालय भवनको शिलान्यास

१७ असार २०८३, बुधबार १८:३७

झापाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ। भवनको शिलान्यास कोशी प्रदेश सभा सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका मेयर मेगाहाङ्ग थोप्रा र काठमाडौंस्थित भारतीय राजदूतावासकी द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा गर्नुभएको...

११ महिनामा पूँजीगत खर्च ३२.५३ प्रतिशत

२ असार २०८३, मंगलवार ०३:५२

चालू आर्थिक वर्षको ११ महिना सकिँदा सरकारले विकास बजेट भनिने पूँजीगत बजेटको ३२ दशमलव ५३ प्रतिशतमात्रै खर्च गरेको छ । पूँजीगततर्फको ४ खर्ब ७ अर्बमध्ये ११ महिना सकिँदा १ खर्ब ३२ अर्ब रुपैयाँमात्रै खर्च भएको हो । गएको वर्ष ३...

ताजा समाचार