१३ माघ २०८२, सोमबार १३:००
काठमाडौं । राजनीतिक दल र उम्मेदवारको चुनावी खर्च नियाल्न अनुगमन अधिकृत तोकिएका छन् । निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनुगमन गर्ने कार्य शर्तहरु रहने गरी कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत...
११ माघ २०८२, शनिबार ०७:१९
तेह्रथुम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले चुनावी अभियानलाई कागजी बहसमा सीमित नराखी प्रत्यक्ष अनुभूतिमा आधारित बनाउनुपर्ने बताएका छन् । झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शाहले तेह्रथुम पुगेर म्याङ्लुङको देवीथान क्षेत्रमा स्थानीय मतदातासँग अन्तरक्रिया गर्दै यस्तो...
११ माघ २०८२, शनिबार ०७:१५
वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा–२ मा चुनावी सरगर्मी बढेको छ । यहाँ पुराना दलका अनुभवी उम्मेदवारका लागि युवाहरूको उम्मेदवारी ‘टाउको दुखाइ’ बन्नसक्ने देखिएको छ । यो निर्वाचन क्षेत्रमा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका अजय...
११ माघ २०८२, शनिबार ०७:१२
काठमाडौं । नेपाली कांग्रेसले चुनावी सभा मधेशबाट सुरु गर्ने भएको छ । माघ १६ गते जनकपुरमा प्रदेशस्तरीय सभा गरेर चुनावी अभियान सुरु गर्ने भएको छ । सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन्...
११ माघ २०८२, शनिबार ०७:०५
काठमाडौं । दाङ–१ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार कुलप्रसाद केसी नेपाली कम्युनिस्ट पार्टीबाट निस्कासित भएका छन् । केसीलाई उम्मेदवारी फिर्ता लिन र पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्न भनिएको थियो । नमानेपछि पार्टीले निस्कासन गरिदिएको हो । केसी पार्टीबाट टिकटका आकांक्षी...
११ माघ २०८२, शनिबार ०७:०३
काठमाडौं । पार्टी छाडेर सिरहा ४ बाट नेकपा एमालेका उम्मेदवार बनेका धर्मनाथप्रसाद साहलाई नेपाली कम्युनिस्ट पार्टीले कारबाही गरेको छ । उनी नेपाली कम्युनिस्ट पार्टीबाटै टिकटका आकांक्षी थिए । टिकट नपाएपछि पार्टी छोडेर उनी सिरहा ४ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको...
११ माघ २०८२, शनिबार ०७:०१
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उमेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई उज्यालो पार्टी नेपालले पनि समर्थन गरेकोछ । यसअघि रास्वपालगायतका केही दलले पनि समर्थन गर्दै आफ्ना उम्मेदवारलाई निष्क्रिय बनाएका छन् । पार्टीका प्रवक्ता डा राजु थापाले...
१० माघ २०८२, शुक्रबार ०६:५३
काठमाडौं । झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह ताप्लेजुङको पाथीभरा पुगेर पूजा गरेका छन् । उनी आज बिहान पाथिीभरा पुगेर पूजा गरेका हुन् । उनी चुनाव प्रचारको सिलसिलामा पूर्वी पहाडी जिल्लाको यात्रामा छन् । त्यसैक्रममा श्रीपञ्चमीको दिन पाथीभरा...
१० माघ २०८२, शुक्रबार ०६:४९
ओखलढुङ्गा । ओखलढुंगाबाट प्रतिनिधि सभा निर्वाचन लड्न स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सन्त तामाङले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार अमिरबाबु गुरुङलाई समर्थन गर्दै तामाङले उम्मेदवारी फिर्ता लिएका हुन् । नेपाली कम्युनिस्ट पार्टीका तामाङ टिकटको दाबेदार थिए...