१३ चैत्र २०८२, शुक्रबार ०५:५९
प्रधानमन्त्री सुशीला कार्की पदीय जिम्मेवारीबाट बिदा भए लगत्तै महान्यायाधिवक्ता सविता भण्डारी बरालले पनि पदबाट अवकाश लिने निश्चित भएको छ । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिँदैछिन् । करिब साढे ६ महिना सार्वजनिक पदमा रहदा सबैभन्दा बढी विवादास्पद निर्णय गरेकी सरकारी...
१२ चैत्र २०८२, बिहीबार ११:०६
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका विचार मात्रै संसद्मा बोल्न निर्देशन दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई मन लाग्यो बोलेँ भन्न नपाइने बताएका हुन् । ‘पार्टीका विचार त्यहाँ(संसद्मा) बोल्नुपर्छ...
१२ चैत्र २०८२, बिहीबार ११:०३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारीछ । सिंहदरबारस्थित प्रतिनिधिसभाको हलमा सांसदहरूको शपथ ग्रहण समारोह सम्पन्न भएलगत्तै रास्वपाका सांसदहरू बनस्थलीस्थित केन्द्रीय कार्यालय बनस्थली पुगेका थिए । बैठकमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउनेबारे छलफल हुने बताइएको...
१२ चैत्र २०८२, बिहीबार ०७:३१
नेपाली कांग्रेसका नेता डा. प्रकाशरण महतले पार्टीमा एकता कायम गर्न सबै तहको भूमिका जरुरी रहेका बताएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिले १५औं महाधिवेशनको कार्यतालिका पारित गरेको भोलिपल्ट उनले एकता कायम गर्नका लागि सबै तहको भूमिका जरुरी रहेको बताएका हुन् ।...
१२ चैत्र २०८२, बिहीबार ०७:२८
सिरहा गोलबजारका एक व्यापारी तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । गोलबजार नगरपालिका–४ का व्यवसायी रामनारायण साह गत मंगलबार बिहान घरबाट ‘लहान जान्छु’ भनेर निस्किएपछि सम्पर्कमा आएका छैनन् । परिवारका अनुसार, घरबाट निस्किएपछि करिब दिउँसो १ बजे उनले छोरीलाई फोन गरेर...
१२ चैत्र २०८२, बिहीबार ०७:२१
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागिएको भन्दै विरोध प्रदर्शन गरिएको छ । महिला तथा मानव अधिकारकर्मीहरूले बिहीवार माईतीघरमा विरोध प्रदर्शन गरेका हुन् । नयाँ सरकार बनाउन लागेको राष्ट्रिय स्वन्तन्त्र पार्टी (रास्वपा) ले मन्त्रालयको संख्या घटाउने तयारी गरेको छ...
१२ चैत्र २०८२, बिहीबार ०६:३४
बिहीबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८८ हजार ५ सय...
१२ चैत्र २०८२, बिहीबार ०६:३१
नेपाली बाहेकको भाषामा शपथ लिने प्रतिनिधि सभा सदस्य (सांसद)हरूको संख्या ६३ पुगेको छ । संघीय संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिन्छु भनेर इमेल र भौतिक रुपमा उपस्थित भएर जानकारी गराएका हुन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको...
१२ चैत्र २०८२, बिहीबार ०५:४३
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा एकै व्यक्तिमाथि कारबाही र पुरस्कार दुवै सिफारिस गरेको भेटिएको छ । आन्दोलनका बेला प्रहरी प्रधान कार्यालयको कार्य विभाग (हाल प्रहरी एकेडेमी) मा रहेका एआईजी सिद्धिविक्रम शाहलाई...