२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026

मुख्य समाचार

निसीखोलामा बाढीले ६० परिवार विस्थापित, पुनःस्थापनामा चुनौती

१५ आश्विन २०८३, बिहीबार १३:४०

काठमाडौं- बागलुङको निसीखोला गाउँपालिकामा असोज ११ गते आएको बाढीले घरबास गुमाएका परिवारको पुनःस्थापना चुनौतीपूर्ण बनेको छ। बाढीपहिरोका कारण ३५ घर पूर्ण रूपमा बगेका छन् भने थप २५ घरमा क्षति पुगेपछि बस्न नमिल्ने अवस्था छ। निसीखोला गाउँपालिका–४ कानाबगरका तुलबहादुर सुनारको घर...

चामेमा बाढीले डुबानमा परेका घरका सामान सुरक्षित स्थानमा सारिँदै

१५ आश्विन २०८३, बिहीबार १२:३५

काठमाडौं- मनाङको चामे गाउँपालिका–४ भक्तपुर क्षेत्रमा मर्स्याङ्दी नदीको बाढीले डुबानमा परेका घरबाट सामान निकालेर सुरक्षित स्थानमा सार्न थालिएको छ। गत शनिबार र आइतबार घट्टेखोलामा आएको बाढीका कारण मर्स्याङ्दी नदीको बहाव अवरुद्ध भएपछि चामेमा ताल बनेको थियो। यसबाट नदीपारिको भक्तपुर क्षेत्रका...

हिमपहिरोमा ज्यान गुमाएका विरेन्द्र गुरुङको शव गाउँ ल्याइयो

१५ आश्विन २०८३, बिहीबार १२:०९

काठमाडौं-मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु भएका गोरखाका विरेन्द्र गुरुङको शव बिहीबार उनको गृहगाउँ केरौंजा ल्याइएको छ। गोरखाको धार्चे गाउँपालिका–२ केरौंजाका विरेन्द्रको शव काठमाडौंस्थित शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि गाउँ ल्याइएको स्थानीय अर्जुन गुरुङले जानकारी दिए। उनका अनुसार विरेन्द्रको अन्त्येष्टि...

कैलाश–मानसरोवर यात्राको बुकिङ रद्द, हुम्लाका होटल सुनसान

१४ आश्विन २०८३, बुधबार १४:५६

काठमाडौँ- कैलाश–मानसरोवर तीर्थयात्राका लागि हुम्ला आउने भारतीय पर्यटकले बुकिङ रद्द गरेपछि सिमकोट र हिल्साका होटलमा पर्यटकको चाप घटेको छ। पर्यटक नआएपछि सिमकोटका करिब एक दर्जन र हिल्साका २० वटा होटल प्रभावित भएका छन्। सिमकोटस्थित होटल विजयका सञ्चालक विजय लामाका अनुसार केही...

जलवायु कार्यका लागि आन्तरिक स्रोतको प्रभावकारी उपयोगमा जोड

१४ आश्विन २०८३, बुधबार १३:४७

काठमाडौँ- कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डा. महेश्वर ढकालले जलवायु कार्यका लागि विदेशी सहयोगमा मात्र निर्भर हुन नहुने बताएका छन्। बुधबार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले पहिले आन्तरिक स्रोतको प्रभावकारी उपयोग...

पहिरो र बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

१४ आश्विन २०८३, बुधबार १३:१४

काठमाडौँ – वर्षाका कारण पहिरो र लेदो खसेर अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। रोशी खोलाको बाढीले क्षति पुर्‍याएका सडकखण्डमा मर्मतसम्भार गरेपछि आजदेखि राजमार्गमा यातायात सुचारु भएको हो। राजधानीबाट पूर्वतर्फ जाने भकुण्डेवेसीदेखि नेपालथोकसम्मको करिब २५ किलोमिटर सडक अवरुद्ध भएको...

जलवायु न्यायको माग गर्दै वसन्तपुरमा सामूहिक दीप प्रज्वलन गरिने

१४ आश्विन २०८३, बुधबार १३:०९

काठमाडौँ –भोटेकोशी बाढी आएको एक महिना पुगेको सन्दर्भमा विपद् प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउन काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा सामूहिक दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने भएको छ । एक्सन एड नेपाल, महिला एकता समाज, मकवानपुर महिला उत्थान समाज, चितवन सक्रिय...

बाढीले देशका विभिन्न स्थानका झोलुङ्गे पुलमा क्षति, विवरण सङ्कलनमा कठिनाइ

१४ आश्विन २०८३, बुधबार १२:२६

काठमाडौँ- अविरल वर्षा र बाढीका कारण देशका विभिन्न स्थानमा रहेका झोलुङ्गे पुलहरूमा क्षति पुगेको छ । बिहीबारदेखि परेको वर्षासँगै आएको बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको भए पनि सडक अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भएको स्थानीय पूर्वाधार विकास विभागले...

बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्दै, दुई महिनामै १३९ जनामा संक्रमण

१४ आश्विन २०८३, बुधबार १२:१४

बैतडी- बैतडीमा स्क्रब टाइफसका बिरामीको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै जिल्लामा १३९ जनामा यो संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी तथा तथ्यांक अधिकृत खगेन्द्र...

दुहबीमा संवाद फाउन्डेसन सुनसरीद्वारा वृक्षरोपण कार्यक्रम

१४ आश्विन २०८३, बुधबार ०८:४२

सुनसरी – संवाद फाउन्डेसन सुनसरीले दुहबी–१२ स्थित श्री हिमालय आदर्श माध्यमिक विद्यालयमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ। ‘हरियाली बढाऔँ, वातावरण जोगाऔँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको उद्देश्य विद्यार्थी तथा स्थानीय समुदायमा वातावरणीय जनचेतना अभिवृद्धि, हरियाली प्रवर्द्धन तथा प्रकृति संरक्षणको भावना...