=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवादका समस्या रुपान्तरण अभियानबाट हल गर्ने बताएका छन् ।
शुक्रबार चितवनमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको स्वीकार गर्दै त्यसलाई रुपान्तरण अभियानबाट हल गर्ने बताए ।
अहिले नै पार्टीभित्रको समस्या पूरै हल भइनसकेको भन्दै श्रेष्ठले अध्यक्ष प्रचण्डले चालेका अभियानमा ब्रेक नलाग्ने सुनाए । प्रचण्डको नेतृत्वमा नै पार्टीलाई रुपान्तरण र पुनगर्ठन गर्न एकतावद्ध ढंगले अघि बढाउने उनको भनाइ थियो ।
माओवादीलाई बलियो पार्टी बनाउँदै देशको आर्थिक समृद्धि र विकासको प्रक्रियालाई फड्कोमा पुर्याइछाड्ने श्रेष्ठले प्रण गरे ।
उनले सरकारको गतिविधि सवैलाई जगजाहेर भएको भन्दै सरकारको टिप्पणी गरेर शब्द खेर नफाल्ने बताए । भरतपुरको विकास क्रान्तिकारी ढंगले भएको भन्दै मेयर रेनु दाहालको प्रशंसा गरेका थिए ।