३० माघ २०८२, बिहीबार ०६:१७
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरेको छ । विमानस्थल र आसपासको क्षेत्रमा फागुन १ गते प्रदर्शन गर्ने भन्दै केही समूह र राजनीतिक दलबाट विज्ञप्ति जारी भएपछि निषेधाज्ञा जारी गरिएको हो । स्थानीय प्रशासनले...
३० माघ २०८२, बिहीबार ०६:१४
काठमाडौं । रुकुम पश्चिममा एक व्यक्तिको शव फेला परेको छ । खोलामा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । त्रिवेणी गाउँपालिका-२ बर्खे टाकुराका ४६ वर्षीय लालबहादुर कठायत सोही वडास्थित रुघा खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।...
३० माघ २०८२, बिहीबार ०६:११
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन् । उनले बिहीबार महामन्त्री (कबिन्द्र बुर्लाकोटी) लाई सम्बोधन गरेर पत्र पठाउँदै पार्टी सदस्यताबाट राजीनामा दिएका हुन् । ‘सबै बेथितिका बावजुद मुकदर्शक भएर पार्टीमै रहिरहन...
३० माघ २०८२, बिहीबार ०६:०८
काठमाडौं । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको तयारी र हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोलुखम्बु पुगेकी छन् । प्रधानमन्त्री कार्कीसँगै उनका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलसहितको टोली आज बिहान सोलुखुम्बु पुगेको हो...
३० माघ २०८२, बिहीबार ०६:०५
डोल्पा । डोल्पामा जिप दुर्घटना भएको छ । बिहीबार बिहान त्रिपुरासुन्दरी नगरपालिका–३ जिउ गाउँदेखि त्रिपुराकोट आउँदै गरेको जिप दुर्घटनामा परेको स्थानीयले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार जिपमा चार जना सवार थिए । उनीहरु गम्भीर घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको...
२९ माघ २०८२, बुधबार ०६:२३
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको विकृतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख आयुक्त कार्कीले सरकारी र सार्वजनिक...
२९ माघ २०८२, बुधबार ०६:२१
हुम्ला । प्रतिनिधिसभा निर्वाचन नजिकिएका बेला उत्तरी हुम्लाको सडक सम्पर्क टुटेको छ । लगातार हिमपात भएपछि सडक अवरुद्ध भएका छन् । तत्कालै सडक खुल्न अवस्था नभएको स्थानीवासी बताउँछन् । नाम्खा गाउँपालिका-५ को नारा लेक र नाम्खा गाउँपालिका-६ को न्यालु लेकमा...
२९ माघ २०८२, बुधबार ०६:१८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताका घरदैलोमा नपुग्ने बताएका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ को स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । ‘जनताको ठुलो त्याग,...
२९ माघ २०८२, बुधबार ०३:४२
लन्डन । कोभेन्ट्री युनिभर्सिटी डेगेनहाममा विजनेश म्यानजेन्ट एण्ड लिडरसीप बीए (अनर्स) पढ्न गत जनवरी इन्टेकमा लन्डन उत्रिइन् रेविका (नाम परिवर्तन) । शुरुवातका दिन अनेक उतारचढाव आए पनि पहिलो वर्ष राम्रैसँग बित्यो । जब दोश्रो वर्ष भर्ना हुने बेला आयो, उनले...