१३ चैत्र २०८२, शुक्रबार ०६:१०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) अबको केहीबेरमा प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनी प्रधानमन्त्री हुने भएसँगै सुरक्षाकर्मीको उपस्थिति पनि बाक्लो बनाइएको छ । प्रहरी प्रधान कार्यालयले बालेनको पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)को रुपमा प्रहरी नायव...
१३ चैत्र २०८२, शुक्रबार ०६:०५
स्वास्थ्यकर्मीसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएकी छन् । समानुपातिकतर्फबाट सांसद बनेकी नर्ससमेत रहेकी उनी सुनसरी इनरुवाकी हुन् । स्वास्थ्य सेवामा संक्रिय रहे पनि रास्वपाको स्थापनाकालदेखि नै साधारण सदस्यता लिएर पार्टीसँग उनी आबद्ध थिइन्...
१३ चैत्र २०८२, शुक्रबार ०६:०१
राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीमा नियुक्त बालेन्द्र शाहले केहीबेरपछि शपथ लिँदैछन् । यससँगै उनी औपचारिक रुपमा नेपालको शासनको बागडोर सम्हाल्दै छन् । फागुन २१ को प्रतिनिधिसभा चुनावमा झापा ५ बाट निर्वाचित उनी संसद्को पहिलो यात्रामै प्रधानमन्त्री बनेका हुन् । नवा युवाहरूमाझ लोकप्रिय...
१३ चैत्र २०८२, शुक्रबार ०५:५९
प्रधानमन्त्री सुशीला कार्की पदीय जिम्मेवारीबाट बिदा भए लगत्तै महान्यायाधिवक्ता सविता भण्डारी बरालले पनि पदबाट अवकाश लिने निश्चित भएको छ । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिँदैछिन् । करिब साढे ६ महिना सार्वजनिक पदमा रहदा सबैभन्दा बढी विवादास्पद निर्णय गरेकी सरकारी...
१२ चैत्र २०८२, बिहीबार ११:०६
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका विचार मात्रै संसद्मा बोल्न निर्देशन दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई मन लाग्यो बोलेँ भन्न नपाइने बताएका हुन् । ‘पार्टीका विचार त्यहाँ(संसद्मा) बोल्नुपर्छ...
१२ चैत्र २०८२, बिहीबार ११:०३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारीछ । सिंहदरबारस्थित प्रतिनिधिसभाको हलमा सांसदहरूको शपथ ग्रहण समारोह सम्पन्न भएलगत्तै रास्वपाका सांसदहरू बनस्थलीस्थित केन्द्रीय कार्यालय बनस्थली पुगेका थिए । बैठकमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउनेबारे छलफल हुने बताइएको...
१२ चैत्र २०८२, बिहीबार ०७:३१
नेपाली कांग्रेसका नेता डा. प्रकाशरण महतले पार्टीमा एकता कायम गर्न सबै तहको भूमिका जरुरी रहेका बताएका छन् । पार्टीको केन्द्रीय कार्यसमितिले १५औं महाधिवेशनको कार्यतालिका पारित गरेको भोलिपल्ट उनले एकता कायम गर्नका लागि सबै तहको भूमिका जरुरी रहेको बताएका हुन् ।...
१२ चैत्र २०८२, बिहीबार ०७:२८
सिरहा गोलबजारका एक व्यापारी तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । गोलबजार नगरपालिका–४ का व्यवसायी रामनारायण साह गत मंगलबार बिहान घरबाट ‘लहान जान्छु’ भनेर निस्किएपछि सम्पर्कमा आएका छैनन् । परिवारका अनुसार, घरबाट निस्किएपछि करिब दिउँसो १ बजे उनले छोरीलाई फोन गरेर...
१२ चैत्र २०८२, बिहीबार ०७:२१
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागिएको भन्दै विरोध प्रदर्शन गरिएको छ । महिला तथा मानव अधिकारकर्मीहरूले बिहीवार माईतीघरमा विरोध प्रदर्शन गरेका हुन् । नयाँ सरकार बनाउन लागेको राष्ट्रिय स्वन्तन्त्र पार्टी (रास्वपा) ले मन्त्रालयको संख्या घटाउने तयारी गरेको छ...