७ कार्तिक २०८३, शुक्रबार Friday, October 23, 2026

बाढी प्रभावित नुवाकोटमा सशस्त्र प्रहरीको स्वास्थ्य शिविर, ४५ सयभन्दा बढीको उपचार

११ आश्विन २०८३, आईतवार १३:३५

काठमाडौं- भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटका ४५ सयभन्दा बढीको सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य परीक्षण तथा उपचार गरेको छ। भदौ १० गतेदेखि नेपाल एपीएफ अस्पताल बलम्बुबाट चिकित्सकसहितको टोली नुवाकोटका विभिन्न स्थानमा परिचालन भई स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको सशस्त्र...

पहिरो खसेपछि अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध

११ आश्विन २०८३, आईतवार १३:२९

काठमाडौँ –अविरल वर्षासँगै पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। काभ्रेको धुलिखेल नगरपालिका–८, जिपलाइनस्थित सडकखण्डमा आइतबार बिहान करिब ८ः५५ बजे ढुङ्गा–माटोसहितको पहिरो खसेपछि राजमार्ग बन्द भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडक अवरुद्ध भएपछि काठमाडौं आउने–जाने सवारीसाधन रोकिएका...

पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएकोबारे नेपाल बारले माग्यो स्पष्ट कारण

११ आश्विन २०८३, आईतवार १२:४६

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएपछि नेपाल बार एसोसिएसनले त्यसको स्पष्ट कारण सार्वजनिक गर्न माग गरेको छ। नेपाल बारका अध्यक्ष विजय मिश्रले जबरालाई पक्राउ गरिएको हो वा सुरक्षाका कारण नियन्त्रणमा लिइएको हो भन्ने विषय अझै...

मौसममा सुधार आए पनि आन्तरिक उडान अझै IFR प्रणालीमा

११ आश्विन २०८३, आईतवार १२:१९

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मौसममा क्रमिक सुधार आए पनि आन्तरिक हवाई उडान अझै उपकरणको सहायताबाट सञ्चालन हुने आईएफआर (IFR) प्रणालीअन्तर्गत भइरहेका छन्। विमानस्थलका प्रवक्ता सञ्जय कुमारका अनुसार काठमाडौंको दृश्यता बिहान ३ देखि ४ हजार मिटरको आसपास रहेकाले हेरेर उडान...

महाकालीमा पानीको बहाव उच्च, धौलीगंगा बाँधबाट पानी छोड्ने कार्यक्रम स्थगित

११ आश्विन २०८३, आईतवार १२:०१

कञ्चनपुर- निरन्तर वर्षाका कारण महाकाली नदीमा पानीको बहाव उच्च भएपछि भारतको धौलीगंगा बाँधबाट पानी छोडेर सिल्ट सफा गर्ने पूर्वनिर्धारित कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ। भारतको उत्तराखण्डस्थित धारचुला तहसिलका अनुसार असोज ११ र १२ गते धौलीगंगा बाँधबाट पानी छोडेर सिल्ट सफा...

गोरखाको मनकामना जाने सडकका चार ठाउँमा पहिरो, यातायात अवरुद्ध

११ आश्विन २०८३, आईतवार ११:५०

गोरखा – अविरल वर्षापछि गोरखाको मझुवा देउराली–मनकामना सडकखण्डमा चार ठाउँमा पहिरो खसेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार सहिद लखन गाउँपालिका–१ दोभानदेखि मनकामनासम्म चार स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। सडक खुलाउन सहिद लखन गाउँपालिकासँग समन्वय भइरहेको...

नुवाकोट–रसुवा सडक सम्पर्क अझै जोडिन सकेन, दसैंसम्म रसुवागढी नाका खुलाउने तयारी

१० आश्विन २०८३, शनिबार १७:३९

काठमाडौं — भोटेकोशी बाढीपछि सम्पर्कविच्छेद भएका नुवाकोट र रसुवा अझै सिधा सडक सञ्जालमा जोडिन सकेका छैनन्। उत्तरगया पब्लिक स्कुल नजिकको करिब ३ सय मिटर भीरमा सडक ट्र्याक खोल्ने तथा फलाखु खोलामा बेलिब्रिज जडान गर्ने काम पूरा हुन बाँकी छ। सडक...

कालीगण्डकीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्कता

१० आश्विन २०८३, शनिबार १३:३१

बागलुङ – लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। बहाव बढेसँगै बागलुङ, पर्वत र म्याग्दीका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। प्रहरीका अनुसार मुस्ताङतर्फबाट लेदोसहितको बाढी कालीगण्डकीमा मिसिएपछि नदीको बहाव बढेको हो। नदी...

अविरल वर्षाले अस्थायी शिविर अस्तव्यस्त, विस्थापित परिवारलाई थप सास्ती

१० आश्विन २०८३, शनिबार १३:००

काठमाडौं- भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट विस्थापित नुवाकोट र रसुवाका परिवारहरू अविरल वर्षाका कारण अस्थायी शिविरमै थप कठिनाइ भोग्न बाध्य भएका छन्। लगातारको वर्षाले त्रिपालभित्र पानी पस्दा विस्थापित परिवारहरू भिज्नुपर्ने, चिसो सहनुपर्ने र हिलोमै बस्नुपर्ने अवस्था आएको छ। शिविरमा...

भोटेकोशी बाढीका कारण यस वर्ष नीति अनुसन्धान प्रतिष्ठान दिवस नमनाइने

१० आश्विन २०८३, शनिबार १२:५२

काठमाडौं – नीति अनुसन्धान प्रतिष्ठानले यस वर्ष प्रतिष्ठान दिवस नमनाउने निर्णय गरेको छ। प्रतिष्ठान स्थापना भएको दिन असोज १० गतेलाई हरेक वर्ष ‘नीति अनुसन्धान प्रतिष्ठान दिवस’का रूपमा मनाउँदै आएको भए पनि भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको...

ताजा समाचार