८ आश्विन २०८३, बिहीबार १३:४३
ललितपुर –अविरल वर्षाका कारण ललितपुरको बागमती गाउँपालिका–३ स्थित काल्चेमाल्टामा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार पहिरो भट्टेडाँडाबाट करिब ५ किलोमिटर अगाडि मकवानपुरतर्फको सडकखण्डमा गएको हो। पहिरो पन्छाउन स्थानीय तह...
८ आश्विन २०८३, बिहीबार १२:४७
काभ्रेपलाञ्चोक – रोशी गाउँपालिका–७ कटुन्जेदेखि थानसिंहतर्फ जाने भित्री सडकअन्तर्गत खरिबोटमा यात्रुबाहक बस खोला तर्ने क्रममा बीचमै रोकिएको छ। बिहीबार बिहान करिब ९:५० बजे बस खोला तर्न नसकी रोकिएको जानकारी पाएपछि विपद् व्यवस्थापन बेस भकुण्डेबेँसीबाट १० जनाको टोली घटनास्थलतर्फ खटिएको थियो।...
८ आश्विन २०८३, बिहीबार १०:३४
सर्मिला रोकाया १४ महिनाको बच्चा काखमा च्यापेर बाजुराको हिमाली गाउँपालिका–४ बोर्ताकी अम्मकला भण्डारी हरेक दिन बोर्ता आधारभूत स्वास्थ्य केन्द्र पुग्नुहुन्थ्यो । एक दिन, दुई दिन होइन—लगातार १५ दिनसम्म । तेस्रो सन्तान हुर्काइरहनुभएकी अम्मकलालाई यसअघि बच्चाको खानपान र पोषणका विषयमा धेरै...
७ आश्विन २०८३, बुधबार २२:५६
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालजस्ता न्यून कार्बन उत्सर्जन गर्ने मुलुकले भोगिरहेका मानवीय तथा आर्थिक क्षतिबारे संयुक्त राष्ट्रसंघको महासभामा विश्वको ध्यानाकर्षण गराउने भएका छन्। उनले जलवायु परिवर्तनबाट प्रभावित यस्ता मुलुकले अन्तर्राष्ट्रिय समुदायबाट जलवायु न्याय, वित्तीय सहयोग तथा क्षतिपूर्ति...
७ आश्विन २०८३, बुधबार २०:३३
काठमाडौँ –पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतलबजारमा बाढीका कारण क्षतिग्रस्त सडकखण्डमा कडा चट्टान हटाएपछि दुईतर्फी यातायात सञ्चालनमा आएको छ। गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि उक्त खण्डमा एकतर्फी मात्रै सवारी सञ्चालन हुँदै आएको थियो। सडकलाई पुनः दुईतर्फी...
७ आश्विन २०८३, बुधबार १२:४०
काठमाडौँ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिनिधिसभाको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन्। बैठकमा विधेयक पेस गर्न अनुमति मागिएको प्रस्ताव स्वीकृत भएपछि उनले विधेयक प्रस्तुत गरेका हुन्। विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन, स्रोतको उपयोग तथा स्वच्छ...
७ आश्विन २०८३, बुधबार १२:१२
काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको स्विप अपरेसनका क्रममा २४ घण्टामा १ सय २१ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार सार्वजनिक स्थान तथा सेवा प्रवाह गर्ने कार्यालय र यातायात क्षेत्रमा हातपात, हुलहुज्जत, दुर्व्यवहार, चोरी, लुटपाट, बिचौलियागिरी तथा गुण्डागर्दीजस्ता गतिविधिमा...
७ आश्विन २०८३, बुधबार ११:५०
काठमाडौं- नेपाली कराते खेलाडी तेन्जिङ शेर्पाले २०औँ एसियाली खेलकुदमा कांस्य पदक जितेका छन्। पुरुष कुमिते ८४ केजीमाथिको स्पर्धाको कांस्य पदकका लागि भएको खेलमा तेन्जिङले लाओसका वाथाना सायासनलाई ९–१ ले पराजित गरेका हुन्। यससँगै तेन्जिङले नेपाली कराते टोलीका लागि यस एसियाडमा...
७ आश्विन २०८३, बुधबार ०९:२९
लुम्बिनी –एकसिंगे गैंडा नेपालको प्रमुख वन्यजन्तु पहिचानसँगै पर्यटन र पारिस्थितिकीय प्रणालीका लागि महत्वपूर्ण मानिन्छ। नेपालमा पछिल्लो समय गैंडाको संख्या बढे पनि संरक्षणका चुनौती भने कायमै छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार नेपालमा हाल ७ सय ५२ गैंडा छन्।...
७ आश्विन २०८३, बुधबार ०९:२१
न्युयोर्क- परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा आयोजना गरेको विशेष रात्रिभोजमा सहभागी भएका छन्। महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत आयोजित कार्यक्रममा विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नेपालका तर्फबाट मन्त्री खनाल पनि उक्त कार्यक्रममा...