७ आश्विन २०८३, बुधबार ०६:५०
काठमाडौं – इन्द्रजात्राको अवसरमा बुधबार काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा विभिन्न परम्परागत नाच प्रदर्शन गरिएको छ।जात्राका क्रममा लाखे नाच, पुलुकिसी नाच तथा हल्चोक आकाश भैरवको नाच प्रस्तुत गरिएको हो।यी सांस्कृतिक नाचले वसन्तपुर क्षेत्रलाई थप उल्लासमय बनाएको थियो।
७ आश्विन २०८३, बुधबार ०६:३०
पोखरा- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बुधबार साँझ अवतरण गरेको छ। फ्लाई दुबईको १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान साँझ ६ः१८ बजे दुबईबाट पोखरा आइपुगेको हो। विमानको अवतरणसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय...
७ आश्विन २०८३, बुधबार ०६:१३
काठमाडौँ- कालीकोटको खाँडाचक्र नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता तथा भोगचलन गराएको आरोपमा वडा सचिवसहित १२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। मुद्दा चलाइएकामा तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष धिरबहादुर बम, सदस्य रमेश नेपाली र राजेन्द्रबहादुर थापा,...
७ आश्विन २०८३, बुधबार ०२:४०
काठमाडौं– त्रिपुरेश्वरमा भएको आत्मदाह घटनाको निष्पक्ष छानबिनको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बुधबार माइतीघरमा प्रदर्शन गरेको छ। संगठनले घटनाबारे सत्यतथ्य सार्वजनिक गरी निष्पक्ष अनुसन्धान गर्न माग गरेको हो। त्रिपुरेश्वरमा बा २ ख ४२७४ नम्बरको बसका चालकले बसभित्रै आगो...
७ आश्विन २०८३, बुधबार ०२:१९
काठमाडौं– नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि असोज १२ गतेसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। महासंघले विज्ञप्ति जारी गर्दै यातायात सेवा सञ्चालन गर्नुअघि सडकको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन व्यवसायी तथा चालकलाई अनुरोध गरेको छ।...
६ आश्विन २०८३, मंगलवार १२:४२
धादिङ –भोटेकोशी बाढीले फुर्केखोलास्थित पक्की मोटरेबल पुल बगाएपछि धादिङका विभिन्न क्षेत्रका सर्वसाधारणको दैनिक आवतजावत प्रभावित भएको छ। पुल नहुँदा विद्यार्थी, बिरामी, वृद्धवृद्धा तथा यात्रुले जोखिमपूर्ण वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था छ। सिद्धलेक गाउँपालिका–१ का डेढ सयभन्दा बढी विद्यार्थी अहिले बीच...
६ आश्विन २०८३, मंगलवार १२:३५
काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानसँग सम्बन्धित पुस्तकको प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् पुस्तक प्रदर्शनी आयोजना गर्ने भएको छ। पठन संस्कृतिको विकास र पाठक तथा प्रकाशकबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले असोज ९ देखि १८...
६ आश्विन २०८३, मंगलवार १२:००
सुनसरी – संवाद फाउन्डेसन सुनसरीको आयोजनामा दुहबी–१२, पूर्वकुशाहामा ‘हेल्थ संवाद’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय बासिन्दाको रक्त परीक्षण, आधारभूत स्वास्थ्य जाँच तथा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको थियो। कार्यक्रममा स्थानीय समुदायलाई नियमित स्वास्थ्य परीक्षण तथा स्वास्थ्यप्रति सचेत रहनुपर्ने विषयमा जानकारीसमेत...
६ आश्विन २०८३, मंगलवार ११:४५
काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले विदेश भ्रमणका क्रममा विमानस्थलमा हुँदै आएको औपचारिक बिदाइ कार्यक्रमको परम्परा यसपटक तोड्ने भएका छन्। शाह मंगलबार साँझ संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्दै छन्। उनी दोहामा छोटो ट्रान्जिटपछि न्युयोर्क पुग्नेछन्। परराष्ट्र मन्त्रालयका अधिकारीका...
६ आश्विन २०८३, मंगलवार ०४:४७
काठमाडौँ – राष्ट्रिय अधिकार क्षेत्रभन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधता संरक्षण तथा दिगो उपयोगसम्बन्धी बीबीएनजे सम्झौता संघीय संसद्बाट अनुमोदन भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सम्झौता अनुमोदनका लागि प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित भएको...