६ कार्तिक २०८३, बिहीबार Thursday, October 22, 2026

बिहीबारदेखि राति र लामो दूरीको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

७ आश्विन २०८३, बुधबार ०२:१९

काठमाडौं– नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले बिहीबारदेखि असोज १२ गतेसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। महासंघले विज्ञप्ति जारी गर्दै यातायात सेवा सञ्चालन गर्नुअघि सडकको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन व्यवसायी तथा चालकलाई अनुरोध गरेको छ।...

पुल बगेपछि धादिङका विद्यार्थी, बिरामी र यात्रुलाई सास्ती

६ आश्विन २०८३, मंगलवार १२:४२

धादिङ –भोटेकोशी बाढीले फुर्केखोलास्थित पक्की मोटरेबल पुल बगाएपछि धादिङका विभिन्न क्षेत्रका सर्वसाधारणको दैनिक आवतजावत प्रभावित भएको छ। पुल नहुँदा विद्यार्थी, बिरामी, वृद्धवृद्धा तथा यात्रुले जोखिमपूर्ण वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था छ। सिद्धलेक गाउँपालिका–१ का डेढ सयभन्दा बढी विद्यार्थी अहिले बीच...

प्रज्ञा प्रतिष्ठानले बृहत् पुस्तक प्रदर्शनी आयोजना गर्दै

६ आश्विन २०८३, मंगलवार १२:३५

काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानसँग सम्बन्धित पुस्तकको प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् पुस्तक प्रदर्शनी आयोजना गर्ने भएको छ। पठन संस्कृतिको विकास र पाठक तथा प्रकाशकबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले असोज ९ देखि १८...

सुनसरीमा ‘हेल्थ संवाद’ कार्यक्रम सम्पन्न

६ आश्विन २०८३, मंगलवार १२:००

सुनसरी – संवाद फाउन्डेसन सुनसरीको आयोजनामा दुहबी–१२, पूर्वकुशाहामा ‘हेल्थ संवाद’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय बासिन्दाको रक्त परीक्षण, आधारभूत स्वास्थ्य जाँच तथा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक गतिविधि सञ्चालन गरिएको थियो। कार्यक्रममा स्थानीय समुदायलाई नियमित स्वास्थ्य परीक्षण तथा स्वास्थ्यप्रति सचेत रहनुपर्ने विषयमा जानकारीसमेत...

प्रधानमन्त्री शाहले विमानस्थलको औपचारिक बिदाइ परम्परा तोड्दै

६ आश्विन २०८३, मंगलवार ११:४५

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले विदेश भ्रमणका क्रममा विमानस्थलमा हुँदै आएको औपचारिक बिदाइ कार्यक्रमको परम्परा यसपटक तोड्ने भएका छन्। शाह मंगलबार साँझ संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्दै छन्। उनी दोहामा छोटो ट्रान्जिटपछि न्युयोर्क पुग्नेछन्। परराष्ट्र मन्त्रालयका अधिकारीका...

बीबीएनजे सम्झौता संघीय संसद्बाट अनुमोदन

६ आश्विन २०८३, मंगलवार ०४:४७

काठमाडौँ – राष्ट्रिय अधिकार क्षेत्रभन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधता संरक्षण तथा दिगो उपयोगसम्बन्धी बीबीएनजे सम्झौता संघीय संसद्बाट अनुमोदन भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सम्झौता अनुमोदनका लागि प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित भएको...

आलोचकलाई साइबर कानुन लगाएर पक्राउ नगर्न कांग्रेस सांसद थपलियाको आग्रह

६ आश्विन २०८३, मंगलवार ०४:३१

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले सरकारको आलोचना गर्ने नागरिकलाई साइबर कानुनको प्रयोग गरी पक्राउ नगर्न सरकारसँग आग्रह गरेकी छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकतन्त्रमा सरकारको प्रशंसा मात्र होइन, असहज प्रश्न र आलोचना सुन्न सक्ने वातावरणसमेत...

परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीतिक शाखा स्थापना

६ आश्विन २०८३, मंगलवार ०४:१६

काठमाडौँ – जलवायु परिवर्तनका असरलाई अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा प्रभावकारी रूपमा उठाउन परराष्ट्र मन्त्रालयले ‘जलवायु कूटनीतिक शाखा’ स्थापना गरेको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार जलवायु परिवर्तनका कारण नेपालको संस्कृति, सभ्यता र अस्तित्वमा समेत चुनौती थपिँदै गएकाले जलवायु कूटनीतिलाई प्राथमिकताका साथ अघि...

भोटेकोशी बाढीपछि आमाछोदिङ्मोमा राजु लामाको राहत

६ आश्विन २०८३, मंगलवार ०४:०५

काठमाडौँ – भोटेकोशी बाढीका कारण सडक सम्पर्कबाट पूर्ण रूपमा अलगिएको रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा गायक राजु लामाले राहत सामग्री पुर्‍याएका छन्। बाढी आएको २५ दिनसम्म पनि राहत नपुगेको जानकारी पाएपछि लामाले हेलिकोप्टर चार्टर गरी विकट बस्तीमा चामल, तेल, नुनलगायत खाद्यान्न पुर्‍याएका हुन्।...

आगो लगाउने चालकले पटक–पटक अरूको नामको लाइसेन्स प्रयोग गरेको प्रहरीको दाबी

६ आश्विन २०८३, मंगलवार ०१:०७

काठमाडौँ – ट्राफिक प्रहरीसँग विवाद भएपछि यात्रुलाई गाडीबाट ओरालेर आफैंलाई आगो लगाएका अर्जुन दोङ तामाङले पटक–पटक अरूको नाममा जारी भएको सवारी चालक अनुमति पत्र प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ। सोमबारको घटनापछि उनको साथबाट काभ्रेको तिमाल निवासी दावा लामाको नाममा जारी...

ताजा समाचार