१४ बैशाख २०८३, सोमबार
   Turuntai Reporter

दृष्टिविहीन वा शारीरिक अशक्तता भएकालाई मतदानमा विशेष व्यवस्था

१ फाल्गुन २०८२, शुक्रबार ०८:०१

काठमाडौं । दृष्टिविहीन वा शारीरिक अशक्तता भएका तथा मतसंकेत गर्न नसक्नेहरूका लागि आगामी मतदानमा विशेष व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । साथै गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई पनि...

कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाइयो मतपत्र

१ फाल्गुन २०८२, शुक्रबार ०७:५४

काठमाडौं । निर्वाचन आयोगले कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाएको छ  । कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी गरिएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए ।...

दार्चुलामा वृद्धाको हत्या गरी गहना लुटपाट गरेका २ जना पक्राउ

१ फाल्गुन २०८२, शुक्रबार ०७:४२

 धनगढी । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले शैल्यशिखर नगरपालिका–८ कै अन्दाजी २३...

४ दल मिलेर बन्यो आइडिया मञ्च, १२ क्षेत्रमा उम्मेदवार

१ फाल्गुन २०८२, शुक्रबार ०७:३५

काठमाडौं । आगामी निर्वाचनको संघारमा चार राजनीतिक समूह मिलेर ‘आइडिया मञ्च’ को घोषणा गरेका छन् । २७ माघ २०८२ मा चार राजनीतिक शक्तिहरू पिपुल फर्स्ट पार्ट, गतिशील लोकतान्त्रिक पार्टी,  समावेशी समाजवादी पार्टी र दलित गोलमेच सम्मेलनको आपसी समझदारीअनुसार मञ्च बनेको हो । विद्यमान राजनीतिक दलहरूको विकल्पका रूपमा ‘आइडिया मञ्च’...

प्रतिनिधि सभा निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्न माग

१ फाल्गुन २०८२, शुक्रबार ०७:२४

काठमाडौं । राष्ट्रिय सभा सांसदहरुले यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसद शारदादेवी भट्टले निर्वाचन देशभर भयरहित, त्रासरहित, धाँधलीरहित सम्पन्न हुनुपर्ने बताइन्...

सुन ३ हजार घट्यो, तोलाको कति ?

१ फाल्गुन २०८२, शुक्रबार ०७:१७

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनको भाउ ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार हिजो बिहीबार सुन तोलाको...

समाज रूपान्तरणमा योगदान चाहनेलाई पार्टीमा आबद्ध हुन कांग्रेसको आह्वान

१ फाल्गुन २०८२, शुक्रबार ०४:५१

 काठमाडौं । नेपाली कांग्रेसले राष्ट्र निर्माणको अभियानमा सहभागी भएर लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउनका लागि इच्छुक नागरिकलाई पार्टी आवद्ध हुन आह्वान गरेको छ । देश र लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ सोच, नवीन ऊर्जा र अनुभवी व्यक्तिहरूको सहभागिता अपरिहार्य...

सर्लाही जिल्ला कारागारको सुरक्षा जिम्मा सेनालाई

१ फाल्गुन २०८२, शुक्रबार ०४:४८

सर्लाही । सर्लाहीको मलंगवास्थित जिल्ला कारागारको सुरक्षा नेपाली सेनाले सम्हालेको छ । बिहीबार साँझ ५ बजेदेखि जिल्ला कारागार कार्यालय मलंगवाको सुरक्षा जिम्मा सेनाले लिएको हो । मलंगवा सुरक्षा बेस सर्लाहीबाट उपसेनानी जहेन्द्र सिंह ठगुन्ना नेतृत्वमा २५ जनाको टोली कारागार सुरक्षार्थ...

चिनिया लामाबाट भूपति बज्रलाई पदमुक्त गर्ने निर्णय आयोगबाट बदर

१ फाल्गुन २०८२, शुक्रबार ०४:४६

काठमाडौं । निर्वाचन आयोगले बौद्ध तथा मेलम्ची घ्याङ गुठीका चिनियाँ लामा भूपति बज्र लामालाई पदमुक्त गर्ने निर्णय बदर गरेको छ । गुठी संस्थानले विभिन्न अनियमिततामा मुछिएको र पदीय आचरण विपरीत काम गरेको आरोपमा बज्र लामालाई पदमुक्त गरेको थियो । उजुरी...